भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १६:५९:१५
७ भदौ, नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
स्थानीय राजस्व विभागका अनुसार बाढीका कारण त्रिपुरा राज्यमा करिब १७ लाख मानिस प्रभावित भएका छन् भने बाढीले आवास, पूर्वाधार, सडक तथा कृषिमा गम्भिर क्षति पु¥याएको छ । बाढी प्रभावित राज्यमा ४५० राहत शिविरहरू स्थापना गरी ६५ हजारभन्दा बढी मानिसहरूलाई शरण दिइएको अधिकारीले बताएका छन् ।
राज्यका नदीहरूको पानीको स्तर उच्च रहेको छ । बाढीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको स्थानीय अधिकारीले जनाएका छन् ।
प्रारम्भिक रिपोर्टअनुसार बाढीका कारण भौतिक पूर्वाधार र कृषि बालीलगायतका क्षेत्रमा व्यापक क्षति भएको वरिष्ठ स्थानीय अधिकारी बृजेश पाण्डेले बताए । अल इन्डिया रेडियोका अनुसार त्रिपुरामा चार दिनसम्म परेको लगातारको वर्षाले कृषि र ऊर्जा क्षेत्रमा गम्भिर क्षति पु¥याएको छ ।
स्थानीय सरकारले भारतीय वायु सेनासँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रहरूमा सहयोग तथा उद्धार कार्यका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोली पनि तैनाथ गरेको छ ।
बाढीले त्रिपुराको राजधानी अगरतलाबाट रेल सेवामासमेत असर पारेको छ भने गोमती, दक्षिण त्रिपुरा र अन्य बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पनि अवरुद्ध भएको छ । अर्को निर्देशन नआउँदासम्मका लागि प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरू हाललाई बन्द गरिएका छन् ।
यसैबीच, भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागहरूमा भारी वर्षाको पूर्वानुमानपछि ‘रेड अलर्ट’ को चेतावनी पनि जारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार