युएनडिपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १८:३५:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/undp1_KRcA7ROrD7_h6w8Omgxft.jpg)
७ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्।
परराष्ट्रमन्त्री डा राणाले नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकालाई बधाई ज्ञापन गर्दै नेपाल सरकार र युएनडिपीबीच दिगो विकास लक्ष्य हासिल गर्नेतर्फको यात्रामा लामो समयदेखि रहँदै आएको सहकार्यको सराहना गरेकी थिइन् ।
मन्त्री डा राणाले भनिन्, “सामाजिक तथा आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीहरूका बाबजुद नेपालले आफ्नो विकास यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ । कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति हुने क्रममा नेपाललाई आर्थिक रूपमा सबल र दिगो, सामाजिक रूपमा समावेशी बनाउन युनएनडिपीको भूमिका अझ बढी महत्वपूर्ण रहेको छ ।”
दिगो विकास लक्ष्यहरू हासिल गर्न युएनडिपी प्रतिबद्ध रहेको बताउँदै योकोसुकाले भनिन्, “उत्थानशीलताको निर्माण, रोजगारी सिर्जना र प्रजातान्त्रिक शासन व्यवस्थाको प्रवर्द्धन गर्ने क्षेत्रमा कार्यशील युएनडिपी, सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यमा राष्ट्रिय विकास प्राथमिकताहरूलाई सम्बोधन गर्न र ‘कसैलाई पनि पछाडि नछाड्ने’ वाचा पूरा गर्न तत्पर छ ।”
नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकासँग विभिन्न नेतृत्वदायी भूमिकामा रहेर अन्तर्राष्ट्रिय विकासको क्षेत्रमा काम गरेको २५ वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव रहेको छ । नेपालका लागि नियुक्त हुनुअघि उहाँ जर्मनीको बोनस्थित युएन भल्युन्टिर्यस् (युएनभी)का लागि उपकार्यकारी संयोजकका रूपमा कार्यरत थिइन् ।
उनले उज्बेकिस्तान, लाओ गणतन्त्र र बङ्लादेशमा युएनडिपीको उपआवासीय प्रतिनिधि भएर काम गरिसकेकी छन् । संयुक्त राष्ट्रसङ्घसँगको लामो आबद्धताका क्रममा योकोसुकाले युएनडिपीका लागि रोमानिया, युरोपस्थित युएनडिपीको क्षेत्रीय कार्यालय र न्युयोर्कस्थित युएनडिपी मुख्यालयमा रहेर काम गरिकेकी छन् । जापानी नागरिक योकोसुकाले युनिभर्सिटी अफ लन्डनको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन