बसको ठक्करबाट एक युवकको मृत्यु, हनुमाननगर र राजविराजमा प्रदर्शन
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार २१:५१:१३
७ भदौ, सप्तरी । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि सप्तरीको हनुमानगर बजार आज तनाव ग्रस्त बन्यो । बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का १७ वर्षीय ध्रुव मण्डलको मृत्यु भएको आक्रोशमा स्थानीयले हनुमाननगर बजार बन्द गराइ प्रदर्शन गरेका छन् । स्थानीयले बजार क्षेत्रमा टायर बालेर चक्काजाम तथा बजार बन्द गराएका थिए ।
प्रदर्शनमा पूर्वसांसद अशोककुमार मण्डल, वडाध्यक्ष, मृतकका आफन्तलगायतकको सहभागिता रहेको थियो । स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि बढाएर हनुमाननगरमा विरोध जनाएका छन् ।
विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको एसके डिलक्स नामक यात्रुबाहक बसले भारदह–राजविराज सडकखण्डको जोगिनियामा पछाडिबाट ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बसले मोटरसाइकल चालक मण्डललाई ठक्कर दिएपछि तत्कालै अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेको बताए । यसैबीच प्रदर्शनकारीले आन्दोलनका क्रममा एक एम्बुलेन्सबाट गर्भवतीलाई ओराली तोडफोडका साथै चालकमा माथि आक्रमण गरेको भन्दै सोको विरोधमा सदरमुकाम राजविराजमा एम्बुलेन्स चालकले उनीहरुको विरोधमा आन्दोलित भएका छन् ।
राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत राजविराजको जिल्ला स्वास्थ्य कार्यालय अगाडि बीच सडक मै एम्बुलेन्स तेर्स्याएर चक्काजाम गर्दै एम्बुलेन्स चालकहरुले प्रर्दशन गरेका थिए । एम्बुलेन्स चालक सङ्घ सप्तरीका अध्यक्ष सुदिलाल साहकानुसार प्रदर्शनकारीले जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एम्बुलेन्स तोडफोड गर्नुका साथै चालक महिनारायण यादवमाथि कुटपिट गरेको आरोप लगाए । कुटपिटबाट घाइते भएका चालक यादवको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
गोलभेडा खेतीमा कीटनाशक औषधि छर्किदै किसान
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार