रुपन्देहीमा सशस्त्रका आईजीपीलाई तस्करको काउण्टर, धन्न बरामद भयो ट्रकसहित २४० बोरा चिनी
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार १३:७:३८
८ भदौ, भैरहवा । भैरहवा भन्सार र सुरक्षा निकायकै सहकार्यमा तस्करहरुको सेटिङ हुन्छ भन्ने कुराको अनुगमन गर्न सशस्त्र प्रहरीका महानिरीक्षक राज अर्याल रुपन्देही पुगेकै बेला तस्करहरूले ठूलो मात्रामा अवैध सामान नेपाल भित्राउने प्रयास गरे । सुरक्षा निकायले निरन्तर अवैध सामान नियन्त्रणमा प्रयास गरेको बताएपनि तस्करहरूको काममा भने गिरावट भएको छैन ।
भारतसँग ५९ दशमलव ७ किमी जोडिएको रुपन्देही जिल्ला खुला सिमा चुनौतीको विषय भएपनि सामना गर्न सुरक्षा निकायका युनिट परिचालन छन, स्रोत साधन र जनशक्ति अनुसार नियामक निकाय लागेपनि तस्करहरूले काममा भने ब्रेक लगाएका छैनन् । यही अनुगमन गर्न सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसहितको टोली रुपन्देही आएको थियो । तर, यही बेला तस्करहरूले सामान छिराउन ठूलो आट देखाए । महानिरीक्षक आएका बेला दर्जनौं प्रहरी सडकमा परिचालन थिए । तर, तस्करहरूका अवैध सामानको ट्रक गुडिरहे ।
यसै मेसो मा शनिबार बिहान २ बजे भन्सारको टोलीले चिनी सहितको एउटा ट्रक र कपडा भने बरामद गर्यो । भन्सारकै नेतृत्वमा गएको टोलीले सशस्त्र प्रहरी डण्डाको सहकार्यमा लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २०० बोरा अवैध चिनी बरामद गर्यो । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा उक्त चिनी बरामद गरिएको हो । अवैध चिनी सहितको ट्रक भने रमवापुर प्रहरी चौकी नजिकै रहेको थियो । यस्तै सोही स्थानबाट थप संचित गरेको अवस्थामा ४० बोरा चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ ।
राती नै गएको सोही भन्सार टोलीले लुम्बिनी रोड मोतिपुर क्षेत्रबाटै २ वण्डल कपडा समेत बरामद गरेको छ । ठूलो बण्डलमा कपडा लोड गरि मोटरसाइकल कुदाइरहेको अवस्थामा भन्सार टोली पछाएपछि २ वटै मोटरसाइकलले कपडा छाडी भागेका थिए । भैरहवा भन्सार कार्यालयले राजश्व लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ ।
यस सातामा मात्रै भन्सारले भैरहवा गल्लामण्डीको २ वटा गोदाममा छापा हानेको छ । भैरहवा भन्सार कार्यालयको नेतृत्व नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा अवैध रुपमा ल्याई भण्डारण गरेको अवस्थामा गल्लामण्डीबाट ७५ बोरा चिनी र ९२ बोरा मटर बरामद गरेको थियो ।
यस्तै सोमबार गल्लामण्डी क्षेत्रकै विभिन्न २ वटा घरमा संचित गरेर राखेको अवस्थामा वडा नम्बर ६ क्षेत्रबाट १२२ बोरा र वडा नम्बर ४ क्षेत्रबाट ५७ बोरा चिनी बरामद गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा ती अवैध सामान नियन्त्रणमा लिएको हो ।
भैरहवा भन्सार कार्यालयले पछिल्लो एक वर्षमा नेपाल भित्रिएको करोडौ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । पछिल्लो समय सेवाप्रबाहसँगै भन्सारको टिम तस्करी निणन्त्रणमा सक्रिय देखिएको छ । रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । भन्सारले सीमा क्षेत्रमा निगरानी बढाउँदा यो सफलता हात लागेको हो ।
सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको छ । भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौंका सामान बरामद गरेका छन् ।
सिमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुँदा हुँदै पनि तस्करका सामान निर्वाध रुपमा भित्र्याईरहेका छन ।
पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङ्कले देखाउछ । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन
मंसिर २१, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार