उ मर्यो र त, उ शहिद भयो
यज्ञप्रसाद भट्टराई
भदौ ८, २०८१ शनिबार १४:२१:२८
उसले जनताको दुःख देख्न सकेन
सामन्तबाद र नोकरशाही दलालहरुको
अन्याय र अत्याचार खप्न सकेन
गरीब, शोषित र श्रमजिवीबर्गको
बिहान बेलुकाको चुल्हो बाल्ने कैयन
प्रयत्नहरुको खोजी गर्दा गर्दै
बिकल्प भेट्टाउन बन्दूक नै बोक्नुपर्ने
अवस्थामा आई पुगेपछि उसले
तिनै अशक्त, असहाय र अनगिन्ती
दुःखी जनताका मुक्तिका लागि
बाध्य भएर बन्दूक उठायो ।
उ लडदै गयो, अघि बढदै गयो
लडने क्रममा उसले कैयन रात
अनिदो बितायो, कैयन छाक भोकै कटायो
कति चोटपटक सह्यो भनि साध्य छैन
कति अनिदो कटायो गनि साध्य छैन
तरपनि उ लडिरह्यो, लडिरह्यो
बिशाक्त राजनीतिले ल्याएको बिकृतिका बिरुद्धमा
अस्थिरतामा रमाउने बिचौलियाहरुका बिरुद्धमा
उ अगाडी बढिरह्यो, बढीरह्यो ।
उ जतिजति अघि बढ्थ्यो उति उति
उत्साहित हुन्थ्यो, आत्मबिभोर हुन्थ्यो
आन्दोलित हुन्थ्यो अनि आक्रोशित पनि हुन्थ्यो
जब उसले भोको पेटमाथिको नाङ्गो शरिर देख्थ्यो
महिनौसम्म खान नपाएर पनि बाँच्ने आशा
मारि नसकेका अभागिहरुको मुक्तिका लागि
उसले पनि कैयन दिनहरु निराहार ब्रत बसेको थियो ।
उ जहाँजहाँ लडन जान्थ्यो भिडन जान्थ्यो
प्रतिकार र प्रतिबाद गर्न जान्थ्यो
त्यहाँ उसले कमाण्डरले भनेको जस्तो
कुनै सामन्त देख्दैनथ्यो
त्यहाँ कुनै तानाशाहा देख्दैनथ्यो
त्यहाँ कुनै जमिन्दार र ठेकेदार देख्दैनथ्यो
त्यहाँ कुनै भ्रष्टाचारी र बलात्कारी पनि देख्दैनथ्यो
देख्थ्यो त केबल आप्mनै गाउँको, ठाउँको
अभाव र दवावमा पिल्सिएर शरिरको अधिकांश भाग
आधा कालो र आधा रातो भएर डढेर बिकृत भएको
श्रमजिवी, किसान मजदुर अनि तिनै किसान मजदुरको
अभागी छोरो देख्थ्यो ।।
गरीव जनताको भोको पेट र च्यातिएको
आवरणको(बस्त्र) दृष्यावलोकनले उसलाई
हतियार उठाएर क्रान्ति गर्नै मन लाग्दैनथ्यो
यिनै दुःखी, दीन, हिन, गरीव, बेसहारा,
असहायहरुका लागि लडन निस्किएको उ
तर तिनैलाई बन्दूक तेस्र्याएर कसरी
क्रान्ति गर्न मन लाग्थ्यो ?? तर, तर
उ कमाण्डरको आदेश मान्न बाध्य थियो
आप्mनै दाजुभाईको बध गर्न बाध्य थियो
उसले देखेको सपनाको घर सजाउन
गरीव जनताको भाग्य चम्काउन, उ लडिरह्यो ।
लड्दा लड्दै अनायास अर्को पक्षको गोली लागेर
उ रणमैदानमै ढल्यो, उ मर्र्यो ।।
हैन, हैन, उ मरेन उ त महान योद्धा कहलायो
नेपाली जनताको मुक्ति यात्राको क्रममा
महान क्रान्तिको भाषामा उ शहिद भयो,
धन्य, बाँचेको भए अंगभंग हुन्थ्यो
अपाङ्ग हुन्थ्यो, बेसहारा हुन्थ्यो
तर ठिक गर्यो, मर्यो ।
त्यसैले त उ देशको महान शहिद कहलायो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपकविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार