बाढीले विस्थापित करिब तीन लाख बङ्गलादेशी आपतकालीन आश्रय स्थलमा
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार १५:५६:२८
८ भदौ, काठमाडौं । भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।
भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको स्रोतले जनाएको छ । आफ्नो घर पूर्ण रूपमा डुबानमा परेकाले आश्रय स्थलमा बस्नु परेको भारतको त्रिपुरा राज्यको सीमा नजिकैको सबैभन्दा बढी प्रभावित जिल्लाका बासिन्दा लुफ्टन नाहरले फेनीको राहत आश्रय स्थलबाट बताए । सयौँ नदीहरूले घेरिएको बङ्गलादेशमा पछिल्लो समय बारम्बार बाढीले जनजीवन प्रवाभित पारिरहेको छ ।
बाढीका कारण राजधानी ढाकालगायत मुख्य बन्दरगाह सहर र चटगाँवबीचको राजमार्ग तथा रेलवेहरू क्षतिग्रस्त हुँदा बाढी प्रभावित जिल्लामा पुग्न गाह्रो भएको छ भने व्यापारिक गतिविधिमा पनि बाधा पुगेको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कोक्स बजार हो, जहाँ छिमेकी म्यानमाका करिब दश लाख रोहिंग्या शरणार्थीहरूको बसोबास रहेको छ ।
विपद् व्यवस्थापन मन्त्रालयका सचिव मोहम्मद कामरुल अनुसार बङ्लादेशमा बाढीका करण थप १८ जनाको मृत्यु भएको छ । उनले बाढीका कारण ४५ लाख मानिसको जनजीवन प्रभावित भएको र तीमध्ये दुईलाख ८५ हजार मानिसहरू आपतकालीन आश्रयमा बसिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार