इरानले हमास प्रमुखको हत्याको ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी जवाफ दिइने
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार २१:२८:५१
८ भदौ, तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले शनिबार हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताएका छन् । उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएको हो । इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उनले बताए ।
हानियाको हत्याका लागि इजरायललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भने,“इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरायलको आक्रमणको तेहरानले निश्चित रूपमा जवाफ दिनेछ र यो जवाफ उचित र व्यवस्थित हुनेछ ।” अराग्चीले थपे, “ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ ।”
इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा भाग लिन इरान पुगेका हानियाको तेहरानस्थित निवासमा गत जुलाई ३१ मा भएको आक्रमणमा हनिया र उनका अङ्गरक्षकसहितको मृत्यु भएको थियो । इरानले आक्रमणको लागि इजरायल जिम्मेवार रहेको ठहर गरेको छ भने इजरायलले आक्रमणमा आफ्नो संलग्नताको पुष्टि वा खण्डन गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार