सप्तरीमा २ वटा मोटरसाइकल आपसमा ठोक्किदा एकजनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार २१:४१:७
८ भदौ, सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए । भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स २प ७२९६ नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को ३४प ५४५९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी स२प ७२९६ नंको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । अर्को मोटरसाइकलका चालकसहित दुईजना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार