सेल्फी खिचेको कारण कारवाहीमा परे ओलम्पिक खेल्ने उत्तर कोरियाका खेलाडी
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १०:६:५९
९ भदौ, काठमाडौं । पेरिस ओलम्पिकमा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको छ ।मिडिया रिपोर्टका अनुसार टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।
उत्तर कोरियाको तर्फबाट उनीहरुलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न निर्देशन दिइएको थियो । दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो । गैर-कम्युनिष्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा भएको रिपोर्टमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार