लोक कलामा हाम्रो जीवन बोलेको हुन्छ : सांसद तिवारी
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार ११:४६:१५
९ भदौ, स्याङ्जा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति स्याङ्जाले २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रतिष्ठानले सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमसहित आफ्नो २३ औं वार्षिक साधारणसभा शनिबार वालिङमा सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले लोक दोहोरीले नेपाली समाजको सम्पति भएको बताइन् । यसलाई जीवन्तता दिन सरकारले चासो दिनुपर्ने धारणा सांसद तिवारीको थियो । लोक कलामा हाम्रो जीवन बोलेको हुन्छ सांसद तिवारीले भनिन्,‘हरेक नागरिकको मनमा लोकगीत संगित अझै विद्यमान रहेको छ ।’ यस्ता कार्यक्रमहरू नव प्रतिभाहरूका लागि राम्रो अवसर भएकाले सोही अनुसार हामीले उपयोग गर्दै जानुपर्छ सांसद तिवारीले भनिन् ।
राज्य भनेको अभिभावक हो सांसद तिवारीले भनिन्,‘राज्यमा हामी फूल्न र खुल्न पाउनुपर्छ ।’ लोक संस्कृतिलाई जोगाउने र बचाउने दायीत्व हाम्रो काँधमा आएको छ उनले भनिन् । महिलाहरूका लागि पहिला गायन क्षेत्रमा निकै समस्या र चुनौती रहेको उल्लेख गर्दै सांसद तिवारीले देशमा लोकतन्त्र आएपछि केही सहज हुँदै आएको बताइन् । अझै पनि समाजमा महिलाहरू खुल्न नसकेको उल्लेख गर्दै तिवारीले सामाजिक संघ संस्थाका साथै यस्ता कार्यक्रमहरूमा सहभागी भएर अगाडि बढ्न आग्रह गरिन् ।
हाम्रो घर आँगनमा आइरहेको तीज पर्वलाई सुसंस्कृत र मर्यादित रुपमा मनाउनुपर्नेमा उनले जोड दिए । तीजले नारीहरूको सुख दुःखको भोगाई बोल्ने सामाजिक परम्परालाई आत्मसाथ गर्दै मनाउनुपर्ने भन्दै गण्डकी प्रदेश सांसद तिवारीले भड्किलो होइन, आफ्नो परम्परागत मर्यादा कायम हुने गरी मनाउन अनुरोध गरिन् ।
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित प्रतिष्ठानको २३ औं वार्षिक साधारणसभा कार्यक्रममा गायनसँगै आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिको निर्णय अनुसार भदौ ८ गते एकैदिन देशभरका जिल्ला कार्य समिति र सो सरहका समितिहरुको वार्षिक साधारणसभा गर्ने कार्यक्रम अनुसार स्याङ्जाले पनि आफ्नो २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार