भारतको बिहार राज्यमा ४३ जना नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जना घाइते
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १२:३:३६
९ भदौ, बारा । भारतको बिहार राज्यको समस्तीपुरमा आइतबार बिहान नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।
बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको थियो । सो बस विहान दुर्घटनामा परेको बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैलसवालले बताए । उनले दुर्घटनाको प्रारम्भिक खबर आएको बताए ।
नेपाली तीर्थयात्री बोकेको बसलाई एउटा ट्रकले ठक्कर दिएको र बस सडकमै पल्टिएको बताइएको छ । सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार