मेसेजिङ एप टेलिग्रामका संस्थापक पावेल डुरोभ फ्रान्समा पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १२:४५:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/Durov.png_b8CkztiW7S_QUJ8ql6ado.png)
९ भदौ, काठमाडौं । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई शनिबार साँझ पेरिसको बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको हो । जानकारीका अनुसार दुरोभ निजी जेटबाट अजरबैजानबाट बोर्जेट विमानस्थल पुगेका थिए । फ्रान्सेली प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
मिडिया रिपोर्टहरूका अनुसार फ्रान्सेली भन्सारसँग संलग्न फ्रान्सको एन्टी फ्रड अफिसका अधिकारीहरूले शनिबार साँझ फ्रान्सेली–रूसी अर्बपतिलाई पक्राउ गरेका हुन् । टेलिग्राम प्लेटफर्मले मनी लान्ड्रिङ, लागूऔषध ओसारपसार र पेडोफाइल सामग्री साझेदारी गर्न प्रयोग गरिएको आरोप छ ।
पक्राउ पुर्जी जारी भएदेखि टेलिग्रामका संस्थापकले फ्रान्स र युरोप भ्रमण गरेका थिएनन् । यसैबीच, फ्रान्सले टेलीग्राम, लागूपदार्थको तस्करी, बालबालिका विरुद्ध अपराध, र ठगीमा संलग्नतामा संयमताको कमी र कानून प्रवर्तनसँग असहयोग गरेको आरोपमा डुरोभलाई पक्राउ पुर्जी जारी गरेको थियो । रुसी मूलका टेलिग्रामका संस्थापक हाल दुबईमा बस्छन् । टेलिग्रामका विश्वभर ९० करोडभन्दा बढी प्रयोगकर्ता रहेको विश्वास गरिन्छ।
डुरोभले अगस्ट २०२१ मा फ्रान्सेली नागरिकता लिएका थिए । डुरोभ रुसको भिकोन्टाकटे सामाजिक नेटवर्कको संस्थापक हुन् । उनले भिकोन्टाकटे प्रयोगकर्ताहरूको डेटा रूसी सुरक्षा सेवाहरूसँग साझेदारी गर्न अस्वीकार गरेपछि उनले २०१४ मा रूस छोडेका थिए । पछि रुसले पनि टेलिग्राममाथि प्रतिबन्ध लगाउने प्रयास गरेको थियो ।
टेलिग्राम व्यापक रूपमा रूसी भाषा बोल्ने मानिसहरू द्वारा प्रयोग गरिन्छ । यसको माध्यमबाट युक्रेन युद्धको बारेमा महत्त्वपूर्ण जानकारी आदान प्रदान भइरहेको छ । रूसी सेनाले सञ्चारको लागि टेलिग्राम प्रयोग गर्ने गरेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
फागुन ५, २०८१ सोमबार
नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा. देउवा
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार