दोस्रो भयो गरुडा नगरपालिका
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १२:४६:२१
सञ्जय मिश्रा
९ भदौ, रौतहट । रौतहटको १८ स्थानीय निकाय मध्ये बिभिन्न मूल्यांकनको आधारमा गरुडा नगरपालिका दोस्रो स्थानमा पर्न सफल भएको छ । वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरुडा नगरपालिका जिल्लामा दोस्रो स्थान हासिल गरेको हो ।
नेपाल सरकारबाट आर्थिक वर्ष २०८०!०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गरुडा दोस्रो स्थानमा परेको मेयर कन्थमणि जैसवालले बताएका छन ।
गरुडाले ७१.७५ अंक ल्याइ दोस्रो स्थानमा रहेको छ भने राजपुर नगरपालिका ७१ अंक ल्याएर तेस्रो स्थानमा रहेको छ । कार्य सम्पादनमा गौर नगरपालिका जिल्लामा पहिलो स्थानमा रहेको छ ।
कार्य सम्पादनमा जिल्लाको ११ वटा पालिका ५० प्रतिशत भन्दा बढी अंक ल्याएका छन भने ७ वटा पालिका ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन् ।
५० प्रतिशत भन्दा बढी अंक ल्याउनेमा गौर गरुडा पछी राजपुर , चन्द्रपुर , राजदेवि, परोहा, माधवनारायण, इशनाथ, देवाही गोनाही, कटहरिया नगरपालिका र दुर्गा भगवती गाउँपालिका रहेका छन् ।
५० प्रतिशत भन्दा कम अंक ल्याउनेमा फतुवा विजयपुर, बृन्दावन, बौधिमाइ, मौलापुर, गुजरा, गढिमाइ नगरपालिका र यमुनामाइ गाउँपालिका रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार