बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध हुँदा यात्रुहरुलाई सास्ती
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १३:२२:३०
९ भदौ, म्याग्दी 'बेनी' । गएराति परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । ठाउँठाउँमा खसेको पहिरो र बाढीका कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठमाडौँलगायत ठाउँमा सवारी ओहोरदोहोर गर्ने बेनी–मालढुङ्गा र बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् ।
म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम र जिल्ला सदरमुकाम बेनीबाट पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकमा बाढी र पहिरोले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीमा सवारी साधन सञ्चालनमा आउन नसक्दा यात्रुहरुलाई सास्ती भएको छ ।
बेनी दरबाङ सडकअन्तर्गत सिङ्गा, घुमाउनेभिर, लाम्पाटा, बाङ्गे पहिरोलगायत ठाउँमा पहिरो खसेको छ । त्यसैगरी, बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर, सिरुवारी, कुनौटा, गुइँठे, खामभित्तालगायत ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
गएराति परेको अविरल वर्षाका कारण बेनी नगरपालिका–१ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हबल्दार मणिराम अर्यालले जानकारी दिए । उनका अनुसार बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पु¥याएको छ ।
बाढीले सडक अवरुद्ध भएपछि गएराति पोखराबाट बेनी आउँदै गरेको ग २ च ९३५५ नंको स्कार्पियो जिपलाई समेत बाढीले बगाएर खोल्सामा खसालेको छ । स्कार्पियोमा सवार यात्रुहरुलाई भने बेनीबाट गएका उद्धारकर्मी र प्रहरीले उद्धार गरेको थियो । ठाडो खोल्सामा आएको बाढी सडकको नहरको क्षमताले धान्न नसकेपछि सडकबाट बगेको थियो ।
सडक कालोपत्र गर्ने समयमा ठाडो खोल्सामा आउने बाढीलाई निकास दिने गरी पूर्वाधार बनाउन ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएकाले बाढीले क्षति पु¥याएको स्थानीय कमला खत्रीले बताए । सोही बाढी बस्तीतर्फ पसेपछि बेनी नगरपालिका–१ आनन्दबगरका तीनवटा घर पुरेको छ ।
स्थानीय सेती थापा मगर, केशव थापा र सोचिना घर्ती मगरको घरमा बाढी पसेको हो । सेती थापाको दुई तलासम्म बाढी पस्दा अन्नपात, गरगहना, भाँडावर्तन, लत्ताकपडा सबै पुरिएको छ । थापा र घर्तीको घर आंशिक रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार