हिजबुल्लाहका हजारौं रकेट लन्चर नस्ट गरेको इजरायली दावी
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १४:४२:५९
९ भदौ, काठमाडौं । इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौं रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको छ ।
“ करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौं हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले भने, “हिजबुल्लाले उत्तरी इजरायलतर्फ सयौँ रकेट र युएभी प्रहार गरेको छ ।”
“हिजबुल्लाहबाट भएको आक्रमण ‘योजनाबद्ध रूपमा गरिएको ठूलो आक्रमण योजनाको एक हिस्सा थियो र हामी आज बिहान यसको ठूलो मात्रालाई विफल पार्न सफल भयौँ,” हिजबुल्लाहले के लक्षित गरेको थियो भन्ने जानकारी दिन अस्वीकार गर्दै शोशानीले भने ।
“हामी अहिले आक्रमणपछिको अवस्थाको आँकलन गरिरहेका छौँ । अझै पनि केही आक्रमणहरू भइरहेका छन्,” शोशानीले भने । “आक्रमणबाट त्यहाँ सामान्य क्षति भएको छ,” उनले भने ।
शोशानीले हिजबुल्लाहमाथि आइतबार भएको आक्रमणमा अमेरिकासहित इजरायलका साझेदारले भाग नलिएको बताए। उनले भने, “आइतबार बिहान इजरायलीतर्फबाट केही कारबाही भएका छन्।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार