तिजपर्वको अवसरमा कृषि उब्जनी तथा हस्तकलाका सामग्रीको बिक्री तथा प्रदर्शनी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १५:८:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/mahil_a_H78IUYdPU9_CaKFGwqkVM.jpg)
९ भदौ, त्रिशूली 'नुवाकोट' । तिजपर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य संघले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।
तिज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्रीकक्षमार्फत उद्यमी र उपभोक्तालाई लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको संघका सचिव मधुसुदन थपलियाले जानकारी दिए ।
उनका अनुसार तिजपर्व सुरु हुनुभन्दा धेरै अघिदेखि भड्किला तथा विकृति फैलाउने कार्यक्रम आयोजना हुने गरेकामा वाणिज्य संघले पहिलोपटक बिक्री तथा प्रदर्शनी आयोजना गरेको हो । यसबाट उद्यमी र उपभोक्ता दुवै पक्षलाई लाभ पुगेको छ ।
“प्रदर्शनीमा तरकारी र मसालेदार बाली उपभोक्ताको रोजाइमा परेको छ”, सचिव थपलियाले भने, “हस्तकला तथा साना घरेलु उद्योगमा उत्पादित ढाकाबाट बुनेका कपडा, सरसफाइलगायत दैनिक जनजीवनमा प्रयोग हुने सामग्रीको कारोबार उत्साहजनक छ ।”
सहुलियत शुल्कमा स्थानीय उत्पादनका सामग्री ताजा र सहुलियत शुल्कमा उपलब्धताले उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई फाइदा पुगेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताइन् । तिजका बाहनामा हुने भड्किला कार्यक्रमको साटो महिला उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई सहुलियत शुल्कमा गुणस्तरीय सामग्री उपभोगको अवसर मिलेकाले आगामी दिनमा यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार