भेनेजुएलाको राजनीतिक सङ्कटप्रति ईयूद्वारा चासो व्यक्त
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १६:१९:७
९ भदौ, ब्रसेल्स । युरोपेली संघ 'इयू' का विदेश नीति प्रमुख जोसेप बोरेलले भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक सङ्कटप्रति आफूहरु ‘अत्यन्त चिन्तित’ रहेको बताएका छन् ।
बोरेलले भने “काराकासले अझै पनि चुनावी प्रक्रियाको मूल्याङ्कन गर्न आवश्यक प्रमाण उपलब्ध गराएको छैन । विपक्षीले आफ्नो उम्मेदवारले जित हासिल गरेको दाबी गर्दै आएका छन् ।
ईयूका उच्च कूटनीतिज्ञले भन्नुभयो “पूर्ण र स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिने नतिजालाई मात्र स्वीकार र मान्यता दिइनेछ ।” बोरेलका अनुसार मतदान केन्द्रको केही रेकर्डअनुसार विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया राष्ट्रपति चुनावमा महत्वपूर्ण बहुमतका साथ विजयी भएको देखिन्छ ।
उनले भेनेजुएलाका जनताको इच्छाको सम्मान सुनिश्चित गर्न मतदान केन्द्रको रेकर्ड पूर्ण रूपमा प्रकाशन गर्न आग्रह गरे । यसैबीच, देशका शक्तिशाली नेता निकोलस मडुरोले गोन्जालेज उरुटियालाई पक्राउ गर्न निर्देशन गरेका छन् । जुलाई ३० मा विपक्षी समूहले भब्य जुलुश निकालेपछि उरूटिया सार्वजनिक रूपमा देखिएका छैनन् । अभियोजकहरूले उहाँलाई शनिबार सोधपुछका लागि बोलाएका थिए ।
जुलाई २८ मा भएको मतदान विवादित भएपछि भएको प्रदर्शनमा २७ जनाको मृत्यु भएको थियो भने १९२ जना घाइते भएका थिए । मतदानका क्रममा भएका झडपका क्रममा करिब दुई हजार ४०० व्यक्ति पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार