लेखा समितिको सभापति चाहिने भए प्रचण्ड र देउवालाई भन्नुस, यहाँ भाषण गरेर हुँदैनः पोखरेल
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १६:५२:३०
९ भदौ, काठमाडौं । नेकपा माओवादीका सांसदले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने भन्दै समितिको बैठकमा प्रश्न उठाएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सभापति चाहिने भए शीर्ष नेतालाई भन्नु पर्ने बताएका छन् । उनले आफ्नो पदमाथि प्रश्न उठाएकोमा आपत्ति पनि जनाएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सभापतिबाट पोखरेलले राजीनामा गर्नुपर्ने विषय माओवादीले उठाएको थियो । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदले सार्वजनिक लेखा समिति सभापति विपक्षी दलको हुनुपर्ने माग गरेका थिए भने कांग्रेसका सांसदले संसदीय अभ्यासमा लेखा समितिको नेतृत्व प्रतिपक्षले पाउने स्मरण गराएका थिए ।
सभापति पोखरेलले यस्तो विषय फेरि नउठाउन आग्रह गरे । सभापतिको विषय फेरिदेखि नउठाइदिनुहोला । सभापति चाहिने भए आफ्ना अध्यक्षहरू प्रचण्ड र देउवा अगाडि भाषण गर्नुहोला । आफ्ना पार्टीका अध्यक्षहरू अगाडि १ घण्टा भाषण गर्नुहोला, समितिमा फेरि यो विषय नउठाइदिनुहोला भन्ने आग्रह गर्दछु,’ उनले भने ।
आफूले कुनै पार्टीमा निवेदन हालेर लेखा समितिको सभापति पद नमागेको पनि पोखरेलको भनाइ थियो । उनले राजनीतिक पार्टीमा जे निर्णय र सहमति हुन्छ त्यो मान्ने तर समितिमा उठाएकै भरमा राजीनामा नदिने अडान राखे । सभापतिमा सत्ताको छाया पर्न नहुनेमा आफू सचेत रहेको पनि पोखरेलको भनाइ थियो । ’सभापतिको कुर्सीबाट निर्णय दिने कुरामा सत्ताको कुनै छाया पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु । त्यो छाया पर्न आजका मितिसम्म दिएको छैन होला भन्ने विश्वस्त छु,’ उनले भने ।
समितिमा माओवादी केन्द्रका सांसदहरू अमनलाल मोदी र लेखनाथ दाहालले विषक्षलाई सार्वजनिक लेखा समितिको सभापति दिनुपर्ने विषय राखेका थिए । एमालेका सांसद गोकुल बास्कोटा र योगेश भट्टराईले भने प्रतिपक्षलाई समिति सभापति दिन नसकिने अडान राखेका थिए । बास्कोटाले सार्वनिक लेखा समिति सभापति माग्ने भए उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष पनि परिवर्तन गर्नुपर्ने भनेका थिए ।
कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिने संसदीय अभ्यास रहेकाले माओवादीका सांसदहरूले उठाएको विषय सही भएको बताएका थिए । यसअघीको प्रतिनिधिसभामा एमालेले संसदीय समिति बैठक बहिष्कार गरेको कुरा केसीले स्मरण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार