विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको तयारी शुरु
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १८:१६:५२
९ भदौ, बारा । विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तीव्र पारिएको छ । बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष हुने मेलाको तयारीमा महागढीमाई नगरपालिकाले तीव्र गतिमा कार्य अगाडि बढाएको छ ।
नगर प्रमुख उपेन्द्र यादवका अनुसार यसपटकको मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्यका नगरपालिकाले तयारी सुरु गरेको बताए । बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरू धमाधम भइरहेका छन । मेलामा आउने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि पार्किङ व्यवस्थापनदेखि सुरक्षासम्मको विस्तृत योजना बनाइएको छ ।
पार्किङ व्यवस्थापनको कामलाई अघि बढाउन दक्ष प्राविधिक टोली खटाइएको महागगढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए । उनले भने,‘मन्दिर परिसरबाहिरको पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा ठूला गाडी, हलुका सवारी साधन र दुई पांग्रे सवारी साधनका लागि पार्किङ स्थलहरू छनोट गरिसकिएको छ ।
मेलाको प्रचार–प्रसार र उद्घाटनको तयारीका लागि विभिन्न शक्तिपीठका गुरुहरू, राष्ट्र प्रमुख, मन्त्रीहरू, उद्योगपति लगायत विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा पठाउने काम सुरु भइसकेको छ ।’
यसैगरी, मेलाका लागि खानेपानी व्यवस्थापन गर्न १०० भन्दा बढी सार्वजनिक धारा धमाधम जडान गर्न थालिएको छ । यस वर्षको गढीमाई मेला आश्विन १७ गते अर्थात् दशैंको घटस्थापनाको दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शोभायात्रा गरी भव्य रूपमा उद्घाटन गर्ने योजना मेला समितिले बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार