जनताका मुद्दा सम्बोधन गर्न संघर्ष जरूरी छ : अध्यक्ष यादव
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार २०:५०:५३
९ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनचाहनालाई सम्बोधन गर्न पार्टीले संघर्ष गर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश समितिले आज यहाँ आयोजना गरेको जनतासँग जसपा नेपाल अभियान अभिमुखीकरणको उद्घाटन गर्दै उनले अभियानको समापनसँगै जनतालाई साथमा लिएर सडक संघर्षमा जाने उल्लेख गरे । “जनतालाई अधिकार सम्पन्न बनाउन पुनः जनताका मुद्दा लिएर घरदैलोमा पुग्छौँ, परिवर्तनको सङ्घर्षमा होमिन अपिल गर्छौं”, उनले भने ।
अध्यक्ष यादवले सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हक अधिकारको पैरवी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको जानकारी दिए । यसैगरी उनले संविधानलाई समयसापेक्ष परिमार्जन गर्न अपरिहार्य रहेको र सबै राजनीतिक दलको समझदारीबाटै त्यसलाई अगाडि बढाइनुपर्ने धारणा राखे । क्षेत्र, जनसङ्ख्याको आधारमा राज्यका निकायमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कार्यकारिणी समिति सदस्य राजकिशोर यादव, गोविन्द चौधरी, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, लीला सिटौलालगायतले आफ्नो धारणा राखेका थिए । जसपा नेपालले आजबाट सङ्गठन विस्तारको चार महिने अभियान शुभारम्भ गरेको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गरिएको जसपाले जनाएको छ ।
चार महिने सङ्गठन निर्माण अभियानका लागि केन्द्रीय सदस्यलाई सम्बन्धित क्षेत्रमा खटाइएको छ । अभियान सञ्चालन गर्न समयावधि निर्धारण गरी केन्द्रीय सदस्यलाई प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा, बुथलगायत स्थानीयस्तरमा अभियान सञ्चालन गरिनेछ । प्रदेशस्तरीय अभियान तालिकानुसार भदौ १५ मा जनकपुर, १६ मा वीरगञ्ज, १८ मा विराटनगर, १९ गते पोखरा, २३ गते भैरहवा, २४ गते नेपालगञ्ज र २५ गते धनगढीमा कार्यक्रम हुनेछ ।
प्रदेशस्तरीय कार्यक्रम सकेर स्थानीयस्तरको कार्यक्रम सञ्चालन हुनेछ । देशव्यापी रूपमा हुने जनपरिचालन अभियानमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार