आँबुखैरेनी मर्स्याङ्दीमा खसेको बस निकाल्न आज साढे ३ घण्टा पृथ्वीराजमार्ग बन्द गरिने
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार ६:५७:१८
१० भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले दुर्घटनापछि मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न ठूला मेसिनरी उपकरणहरूको आवश्यक पर्ने हुँदा सो समय राजमार्ग बन्द गरी बस निकाल्न लागिएको हो ।आज बिहान ६:३० देखि १०:०० बजेसम्म पृथ्वीराजमार्गको सो खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिने छ ।
दुर्घटनाग्रस्त बसलाई सुरक्षित रूपमा नदीबाट निकालेर मात्र यातायात पुनः सुचारु गरिने प्रशासनले जनाएको छ । यस समयमा यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शक्रबार मर्स्याङ्दी नदीमा खसको थियाे। जसमा २७ जना भारतीय नागरिकले ज्यान गुमाएका थिए। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको थियो।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन पठाइएको छ। दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार जारी छ। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार