शकिबलाई क्रिकेट टिमबाट तुरुन्तै हटाउन बंगलादेश बोर्डलाई नोटिस
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार ८:२५:२४
१० भदौ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तुरुन्तै हटाउनको लागि नोटिस प्राप्त गरेको छ । केही दिनअघि साकिबमाथि हत्यामा संलग्न भएको आरोप लागेको थियो । हालै बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्धको आन्दोलनमा ४०० भन्दा बढीले ज्यान गुमाएका थिए ।
शकिबसहित हसिना पक्षका १४७ जनामाथि विद्यार्थीको हत्या गरेको आरोप छ । अगस्त ५ मा गोली लागेर विद्यार्थीको मृत्यु भएको थियो । विद्यार्थीका बुबाले ढाकामा एफआईआर दर्ता गरेका छन् । अब विद्यार्थी रुबेलका बुबाले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई नोटिस दिएका छन् । यस सूचनामा बीसीबीका अध्यक्ष फारुक अहमदले पाकिस्तान र बंगलादेशबीचको पहिलो टेस्ट म्याचपछि शकिब अल हसनको क्रिकेट भविष्यबारे निर्णय लिइने बताएका छन् ।
शकिब अहिले रावलपिण्डीमा पाकिस्तानविरुद्ध टेस्ट खेलिरहेका छन् । टेस्ट सिरिजको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई १० विकेटले पराजित गरेर टेस्ट क्रिकेटमा पकिस्तानलाई पहिलो पटक पराजित गरेको छ । ३७ वर्षीय शकिब शेख हसिनाको सरकारमा मन्त्री थिए । देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । उनले पनि देश छाड्नुपर्यो । हसिनाको राजीनामापछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारमा मुख्य सल्लाहकारको जिम्मेवारी सम्हालेका छन् ।
पीटीआईका अनुसार रफिकुल इस्मलाका छोरा रुबेलको आन्दोलनका क्रममा अगस्ट ७ मा मृत्यु भएको थियो । ५ अगस्टमा भएको विरोध प्रदर्शनका क्रममा शकिब भने बंगलादेशमा नभएर क्यानडामा ग्लोबल टी- २० खेलिरहेका थिए । यति मात्र होइन, २६ जुलाईअघि उनी अमेरिकामा मेजर लिग क्रिकेट खेलिरहेका थिए । शकिब यसै वर्ष जनवरीमा अवामी लिगको टिकटमा सांसद निर्वाचित भएका थिए । तर, प्रधानमन्त्री शेख हसिनाले सत्ता गुमाएपछि उनको सांसदको हैसियत पनि खोसियो ।
३७ वर्षीय अनुभवी खेलाडी शकिबले बंगलादेशका लागि अहिलेसम्म ६७ टेस्ट, २४७ एकदिवसीय र १२९ टी-२० खेल खेलेका छन् । यस अवधिमा शकिबले टेस्टमा ४५०५ रन र २३७ विकेट लिएका छन् । जहाँ एकदिवसीय अन्तर्राष्ट्रियमा शकिबको नाममा ७५७० रन र ३१७ विकेट छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २५५१ रन र १४९ विकेट लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार