देशका विभिन्न ठाउँमा भएका घटनामा १२ को मृत्यु
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार २०:५:२४
काठमाडौं । देशका विभिन्न ठाउँमा सोमबार र मंगलबार भएका घटनामा परेर १२ जनाको मृत्यु भएको छ । पाल्पा, कैलाली, अर्घाखाँची, सप्तरी, ललितपुर र नवलपरासी ‘पूर्व’ मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।
पाल्पा, निस्दी गाउँपालिका–७ गुघुरी भिरस्थित सडकमा भिरपानीबाट हुवासतर्फ जाँदै गरेको जन्ती बोकेको लु.१ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सोमबार बेलुका अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका–५ गल्धाह बस्ने २७ वर्षीय बुद्धिबाल सोती समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिपमा सवार १ जना सकुशल रहेका छन् ।
यस्तै,कैलालीकाे गोदावरी नगरपालिका–७ स्थित हरैया चोकमा से.१ च १६९० नम्बरको पिकअप जिपले से.६ प ८०५२ नम्बरको मोटरसाइकललाई र साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साईकल चालक सोही नगरपालिका–६ लालपुर बस्ने २० वर्षीय दिपेन्द्र चोखालको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
सोही दुर्घटनाका घाइते भएका अन्य ३ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । यता अर्घाखाँची, शितगंगा नगरपालिका–६ फुर्सामाटास्थित सडकमा ग.१ ज ४८७६ नम्बरको जिप अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार कपिलवस्तु शिवराज नगरपालिका–५ बस्ने १८ वर्षीया सिता उपाध्यायको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, सप्तरीकाे खड्क नगरपालिका–७ स्थित सडकमा बा.६५ प १३१ नम्बरको मोटरसाइकलले २ वटा साइकललाई सोमबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका साइकल चालक शम्भुनाथ नगरपालिका–८ बस्ने ६५ वर्षीय हरिहर मण्डलको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २३ वर्षीय सन्तोष कुमार साहको सोही अस्पतालमा र साइकल चालक सोही नगरपालिका–८ बस्ने २७ वर्षीय राजेश चौधरीको एडभान्स अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, ललितपुरकाे बागमती गाउँपालिका–३ नयाँगाउँस्थित सडकमा बा.५ च ५६९६ नम्बरको गाडी आनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार बेलुका दुर्घटना हुँदा गाडी चालक भट्टेडाँडा बस्ने महोत्तरी घर भएका १९ वर्षीय विशाल मगरको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने १७ वर्षीया सुनिता लोप्चन र २८ वर्षीया सरिता मोक्तानको आनन्द वन अस्पताल टिकाभैरवमा उपचारको क्रममा मृत्यु भएको छ ।
अर्का घाइते सोही ठाउँ बस्ने मकवानपुर घर भएका १९ वर्षीय रमेश खुपुङ तामाङलाई आनन्द वन अस्पताल टिकाभैरव हुँदै थप उपचारको लागि पाटन अस्पताल रिफर गरिएको छ । यता, नवलपरासी ‘पूर्व’, विनयीत्रिबेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा भारतीय युपी।३१ टि २९४७ नम्बरको ट्रक अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका १७ वर्षीय पुरुषको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रक चालक फरार रहेकोले प्रहरीले खोजिगरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार