परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा ओमानबाट पहिलो उच्चस्तरीय भ्रमण
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार १५:४७:२२
१० भदौ, काठमाडौं । आज साँझ ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद बल्सुसैदी नेपाल आइपुग्दैछन् । उनी दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट उच्च भ्रमण हुन लागेको हो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा नेपाल आउन लागेका विदेशमन्त्री बल्सुसैदी मंगलबार बिहान परराष्ट्रमन्त्री राणासँग द्विपक्षीय वार्ता गर्ने छन् । त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर फर्कने छन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री बल्सुसैदीको भ्रमणका दौरान दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउनको लागि छलफल हुने छ ।
नेपाल र ओमानबीच सन् १९७७ को जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । पश्चिम एसियाको महत्त्वपूर्ण मुलुक ओमानमा नेपालले सन् २०१३ को सेप्टेम्बर १ मा दूतावास खोलेको थियो । त्यसपछि राजदूतको स्तरमा बढुवा गर्दै पहिलो राजदूतका रूपमा शर्मिला पराजुली ढकाललाई पठाएको थियो । नेपाल र ओमान विश्व स्तरका विभिन्न विषयमा समान विचार र धारणा राख्छन् ।
दुवै मुलुक संयुक्त राष्ट्र संघका सदस्य हुन् भने असंलग्न आन्दोलन (नाम) मा पनि दुवै सँगै छन् । दुई मुलुक जी–७७ समूह र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा साथसाथै छन् । ओमान नेपालीहरूका वैदेशिक रोजगारीका लागि पश्चिम एसियामा एउटा महत्वपूर्ण मुलुक हो । ओमानमा अहिले करिब २४ हजार नेपाली श्रमिक छन् ।
ओमानबाट यो पहिलो उच्चस्तरीय भ्रमण हुन लागे पनि नेपालबाट भने चार महत्त्वपूर्ण भ्रमण भइसकेका छन् । सन् १९८६ मा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्या, सन् १९८५ मा परराष्ट्रमन्त्री रणधीर सुब्बा, सन् २०१७ मा उपप्रधान तथा रक्षामन्त्री भीम रावल र सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले ओमानको औपचारिक भ्रमण गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार