तीव्रगतिको टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार १६:३४:३८
♦ सञ्जय मिश्रा
१० भदौ, रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित टाटा सुमो र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिम बाट पूर्व जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का बिबस सापकोटा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन् ।
टाटा सुमोको ठक्करबाट गम्भीर घाइते दुवैजनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डीएसपी राईले बताएका छन् ।
ठक्कर दिएको टाटा सुमो इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो १ बजेर ४० मिनेटमा भएको दुर्घटना तीव्र गतिको कारण हुनसक्ने प्रहरीको अनुमान रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकल्भर्टमुनि एक पुरुषको शव फेला
माघ १५, २०८१ मंगलबार
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चालक फरार
माघ १४, २०८१ सोमबार
टिप्परको ठक्करबाट एकको मृत्यु
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार