मुख्यसचिव बन्ने लहरमा रहेका ६ जनामध्ये शक्तिकेन्द्र मिलाउने दौडमा छन् अर्याल र भट्टराई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १२:४०:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/news_gthaNHBZqI_32LxTXs3q2.png)
११ भदौ, काठमाडौं । नेपाल सरकारको मुख्यसचिव रिक्त हुने दिन नजिकिदै गर्दा ६ जनाको नाम अगाडि आएको भएपनि दुई सचिवको दौडधूप निकै बढेको छ । मुख्यसचिवका लागि गृहसचिव एकनारायण अर्याल र दिनेश भट्टराईको दौडधूप चलेको हो ।
नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवी गडतौला यहि भदौ १५ मा अवकाशमा जाँदैछिन् । असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाएको थियो । निजामती सेवा ऐन २०४९ मा मुख्यसचिवको कार्यकाल ३ र सचिवको कार्यकाल ५ वर्ष हुने उल्लेख छ । तर, कार्यकाल नसकिँदै ५८ वर्ष पुग्दै गर्दा उनी उमेर हदका कारण स्वतः अवकाशमा जाने भएकी छिन् ।
उनी अवकाशमा जाने भएपछि नयाँ मुख्यसचिवको दौडमा ६ जनाको नाम अगाडि आएको भएपनि भट्टराई र अर्यालमध्ये एक जना हुने प्रष्ट देखिएको छ । राष्ट्रिय योजना आयोगमा हाल कार्यरत रहेका तोयानारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कार्यरत सचिव दिनेश भट्टराई, गृहसचिव एकनारायण अर्याल, राष्ट्रिय तथ्यांक कार्यालयमा तथ्यांक अधिकारी रहेका सचिव अर्जुनप्रसाद पोखरेल र उपराष्ट्रपति कार्यालयको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनी मुख्यसचिव बन्ने लाइनमा छन् ।
उनीहरु मध्ये ज्ञवाली केही दिनमै अवकाशमा जाँदैछन् भने सुवेदी पनि कात्तिकमा अवकाशमा जाँदैछन् । ‘अहिलेको लडाई भट्टराई कि अर्याल भन्ने हो’, एक सचिवले भने । विगतमा माओवादीका मन्त्रीहरूसँग निकट भएर काम गरेको आरोप खेप्दै आएका सुवेदी अगामी कात्तिक ५ गते अवकाशमा जानेछन् । माओवादी सत्ता बाहिर भएको अवस्थामा उनी सत्तारुढ दलको रोजाइमा नपर्ने पक्का–पक्की जस्तै छ । त्यसैगरी प्रबल दाबेदार मानिएका दिनेश भट्टराई पनि गृह मन्त्रालयमा सचिव भएर काम गरिसकेका छन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस–एमालेका नेताहरूमाथि अनुसन्धान गराउन खोजेको आरोप पनि लागे पनि एमालेका नेताहरूसँग राम्रो सम्बन्ध भएका कारण दौडधुप कायमै रहेको छ । त्यसैगरी अर्थ सचिवमा असफल भएका पोखरेल र नेशनल पेमेन्ट गेटवे खरिद भ्रष्टाचार प्रकरणमा मुछिएका मरासिनीलाई पनि जिम्मेवारी नदिने मुडमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका कारण उनीहरु रिङ आउट देखिन्छन् ।
तीन जना दौडबाट बाहिरिने भएपछि भट्टराई र अर्याललाई भने मुख्यसचिवको बलिया दाबेदार हुन । तीमध्ये सबैभन्दा बलियो दाबेदारको रुपमा गृहसचिव अर्याल र महिला तथा बालबालिका सचिव भट्टराई नै रहेको कर्मचारीहरू बताउन थालेका छन् । अर्याल प्रधानमन्त्री ओलीसँग अत्यन्तै निकट मानिएका छन् । अर्यालले प्रमुख जिल्ला अधिकारी रूपमा काठमाडौं, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काम गरिसकेका छन् ।
उनी नेपाली महावाणिज्य दूतावास कलकत्तामा महावाणिज्य दूत पनि बनिसकेका हुन् । नाकाबन्दी, संविधान घोषणा, भूकम्पका बेला निकै सक्रिय भएर काम गरेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हेर्ने आम दृष्टिकोणलाई नै बदलेका थिए । सुधारवादी प्रशासकका रूपमा लिइने अर्याल नेतृत्व क्षमतामा पनि अब्बल सचिवका रूपमा चिनिन्छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएसँगै त्यहाँसमेत उल्लेखनीय सुधार गरेका अर्याल पछिल्लो समय प्रधानमन्त्रीको रोजाईमा पर्दै आएका छन् । राजनीतिक नेतृत्वसँग स्पष्ट बोल्न सक्ने र कर्मचारीका विषयमा खुलेर बोल्न सक्ने अर्याललाई भावी मुख्यसचिवका रुपमा हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार