नेपालको अर्थतन्त्रले आत्मनिर्भरता अझ गुमाउने अवस्था कसरी रोकिने होला ?
भेषराज पोखरेल
भदौ ११, २०८१ मंगलबार १२:५१:५
कमजोर अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई सक्रिय पार्न लागू गर्ने र अर्थतन्त्रसँग सरोकार राख्ने जनता तथा उद्योग व्यवसाय क्षेत्रको मनोबल उच्च राख्न सक्नुपर्छ । मनोबल गिर्दै गयो र देशको अर्थतन्त्रले आत्मनिर्भरता तथा स्वत्व गुमाउँदै गयो भने समयको लाभ लिन तम्सिएका आन्तरिक तथा बाह्य ठूला लगानीकर्ताले सरकारलाई टेर्न छाड्छन् ।
अहिले नेपालमा त्यस्तै अवस्था आउने संकेत देखिन थालेको छ । अहिले अर्थतन्त्रका बाह्य पक्ष त सुधारको अवस्थामा छन् । सुधारिएका बाह्य पक्ष भने बलिया खालका छैनन् । विश्व परिस्थितिमा थोरै उतारचढाव आउने बित्तिकै सोचभन्दा पनि कमजोर हुने अवस्थाका छन् । सरकारले अर्थतन्त्रमा सुधार आउँदै गरेको बताएको छ । प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्रका बाह्य पक्ष त सुधारकै अवस्थामा छन्, आन्तरिक अर्थतन्त्रमा पनि सुधार आउन सुरु भएको आँकलन गर्दैछन् । यसको संकेतका रुपमा सेयरबजारमा आएको सुधारलाई आशाको केन्द्रका रुपमा राखेको देखिन्छ । अर्थतन्त्रका यावत् आन्तरिक पक्षमा सुधार नआएको समयमा शेयरबजारमा आएको सुधारले अर्थतन्त्रलाई थेग्न सक्ला ? यो शंकाकै विषय हो ।
अर्थतन्त्रको बाह्य पक्ष सुधार हुनुमा वर्षको १४ खर्ब रूपैयाँभन्दा बढी विप्रेषण आय (रेमिट्यान्स) नेपाल भित्रनु हो । पर्यटनमा केही सुधार हुँदै गएको देखिन्छ तर यसले अर्थतन्त्रलाई उकास्ने गरी खुट्टा टेकिसकेको छैन । वैदेशिक सहायता लक्ष्यको अति न्यून मात्रै आएको छ । अर्को, वैदेशिक ऋण पनि सरकारी लक्ष्य पूरा गर्ने भन्दा धेरै कम छ । विदेशी मुद्रा देशमा भित्रने अवस्था वैदेशिक लगानी बढे पनि हुने हो । यो पनि अर्थतन्त्र परिवर्तन हुने गरी त के कुरा अति सामान्य मात्रै छ । रेमिट्यान्सले मात्रै थेगेको अर्थतन्त्र बलियो हुने कुरा भएन ।
अहिले विश्व परिस्थिति नै अर्थतन्त्रका लागि अनुकूल छैन । मलेसिया, खाडी राष्ट्र होस्, युरोप, अमेरिका सबैको अर्थतन्त्रमा गिरावट आएको छ । रुस–युक्रेन युद्धले पनि ठूलो प्रभाव पार्दै लगेको छ । इजरायल– हमास युद्धले पनि विश्व अर्थतन्त्रमा असर पार्ने नै भयो । प्रायः सबै राष्ट्रमा दक्षिणपन्थी उग्रराष्ट्रवादीहरु जुर्मुराउन थालेका छन् । आप्रवासी हटाऊ भन्ने आवाज उठ्न थालेका छन् । यो अवस्थामा अदक्ष र अर्धदक्ष नेपाली कामदारलाई काम पाउन कठिन हुने अवस्था छ । असुरक्षा पनि बढ्ने अवस्था छ । दक्ष युवाहरूलाई पनि यो लहरले काम पाउन कठिन हुनेछ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्रको बाह्य पक्ष जति बेला पनि ढल्फलाउने अवस्था आउन सक्छ । अहिलेको अवस्थालाई देखेर प्रधानमन्त्री तथा अर्थमन्त्री खुसी हुनु उनीहरुले अर्थतन्त्रको अगति बुझ्न नसक्नु नै हो ।
कांग्रेस, एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओलीको सरकारको सुरुदेखि नै सेयर बजारमा सुधार आयो । अहिले नेप्से परिसूचक २९ सयको वरिपरि चलेको छ । सेयर बजारमा सुधार आउनुले अर्थतन्त्र सक्रिय हुने आशा गर्न त सकिने हो तर आन्तरिक अर्थतन्त्रका खम्बाहरु कमजोर बन्दै गएको अवस्थामा बढेको शेयरबजार यथार्थमा आधारित नहुन सक्छ । अर्को, उद्योग व्यवसायका सेयरको मूल्य त बढ्यो तर उद्योग कमजोर भएको अवस्थामा तत्कालै सेयरको मूल्य घटेर ऋणात्मक अवस्थामा आउन सक्छ । यस्तो अवस्थामा अर्थतन्त्र नै थप शंकटमा पर्न सक्छ । यो अवस्थामा लगानीकर्ताको ठूलो धनराशि डुब्ने अवस्था आउँछ । अर्को पक्ष, यही बढेको अवस्थामा सरकारले विशेष नीति अवलम्बन गरेर उद्योग व्यवसाय फस्टाउने अवस्था सिर्जना गर्न सकेमा भने अर्थतन्त्रले राम्रै गति लिन पनि सक्छ । सरकारले अर्थतन्त्रको अहिलेको सकारात्मक अवस्थालाई उपयोग गर्ने गरी विशेष आर्थिक नीति अगाडि सारेको देखिन्न । प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र आफैं सुधार हुँदै जान्छ भन्ने मान्यता राखेजस्तो देखिन्छ जुन ठूलो भूल नै हो । कुशल अर्थमन्त्रीले यस्तो सुअवसरलाई उपयोग गर्न चुक्दैनन् ।
नेपालको अर्थतन्त्रको अवस्थालाई केलाउन यही साउनको आयात–निर्यातलाई हेर्दा पनि हुन्छ । यो आर्थिक वर्षको साउनमा १ खर्ब २८ अर्ब ३७ करोडका सामान आयात भएका छन् । निर्यात भने जम्मा १२ अर्ब २२ करोड रुपैयाँ बराबरका सामान भएका छन् । यो अविधिमा गतवर्षको तुलनामा निर्यात ९ दशमलव ६३ प्रतिशतले घटेको छ । आयात भने शून्य दशमलव ६७ प्रतिशतले मात्रै घटेको छ । एक त नेपालले निर्यात बढाउनै सकेको छैन अर्को, आन्तरिक उत्पादनको आन्तरिक खपत पनि बढाउन सकेको देखिन्न । यो अर्थतन्त्रमा सुधार आएको होइन । अहिलेको अवस्थालाई हेर्ने हो भने सरकारले आन्तरिक उत्पादनलाई बढाउन सकेको छैन । आन्तरिक उद्योगी, व्यवसायी वा उत्पादक सरकारबाट प्रोत्साहन पाएका छैनन् । सरकारले सञ्चालन गरेको दुग्धविकास संस्थानले दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्दै उनीहरुको उत्पादन उचित मूल्यमा किनिदिनुपर्नेमा किसानको करोडौं रकम बक्यौतामा राखेर पीडा दिएको छ । उखु किसान पनि मिल मालिकले उखुको मूल्य नदिने तथा समयमा पैसा नदिएर ठूलो मात्रामा बक्यौता राखी पीडा दिएका छन् । सरकारले दिने भनिएको अनुदान पनि दिन सकेको छैन । किसानका फलफूलदेखि अन्य उत्पादन बजारसम्म पुर्याउने व्यवस्था गर्न पनि सकेको छैन । यो अवस्थामा अर्थतन्त्र प्रगतिपथमा लम्किन सक्दैन ।
यी अवस्थामा अर्थतन्त्रले स्वत्व र आत्मनिर्भरता गुमाउने नै हो । अहिले त्यस्तै अवस्था आएको छ । अर्को, अर्थतन्त्र ढल्पलाउने अवस्था र स्वत्व गुमाउँदै जाने अवस्थामा आन्तरिक रुपमा बाठा र समयलाई गलत उपयोग गरेर ठूलो रकम कमाउन चाहने उद्योग, व्यवसायी र विदेशी लगानीका उद्योगले पनि सरकारको नीति नै उल्लंघन गर्ने अवस्था आउँछ । अहिले त्यस्तै अवस्था आएको छ । एनसेलले ठूलो लाभांश लगे पनि नेपाललाई नवीकरणको पैसा तिर्न अटेर गरिरहेको यही अवस्थाले हो । यो पनि अर्थतन्त्रका लागि खतरनाक हो । आन्तरिक तथा वैदेशिक लगानीका लागि वातावरण बनाएको भनिरहे पनि आन्तरिक रुपमा लगानीकर्ताको मनोबल बढाउन सकेको छैन । विदेशी लगानी आउने कुरा भएन । निर्यात बढाउन आर्थिक कूटनीतिलाई दह्रो बनाउन सकेको छैन । यी अवस्था भनेको अब अर्थतन्त्रले स्वत्व गुमाउँदै जानु हो । नागरिक समाज तथा बौद्धिक जगत सरकारलाई घच्घचाउन चनाखो बन्न ढिला भएको छ । दलभित्रका युवा बौद्धिकहरुले के गर्छन् कुन्नि ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपसहकारी ठगी र राजनीतिक खिचातानीबीच तिहार गरीबको झुपडीसम्म पुग्दैछ
कात्तिक १३, २०८१ मंगलबार
नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै
कात्तिक १२, २०८१ सोमबार
विकृत राजनीतिको चक्रवातः सहकारीबाट जनताको रकम कसले फिर्ता गरिदिने होला ?
कात्तिक १०, २०८१ शनिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण
कात्तिक १५, २०८१ बिहिबार
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
कात्तिक १५, २०८१ बिहिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
कात्तिक १५, २०८१ बिहिबार
नगरवासीलाई सहुलियत शुल्कमा फूल
कात्तिक १५, २०८१ बिहिबार
कन्जुस नगरी विजुली बाल्नु, पर्याप्त छः प्राधिकरण
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार