मानवअधिकारकर्मी भन्छन्, ‘ऐन संशोधनपछि मात्र आयोग गठन गर’
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार २०:२६:२१
काठमाडौं । द्वन्द्वपीडित समाज तथा मानवअधिकारकर्मीहरुले संक्रमणकालीन न्याय सुनिश्चित गर्न र सर्वोच्च अदालतको आदेश पालनाको माग गर्दै आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उनीहरुले सत्य निरुपण तथा बेपत्तासम्बन्धी ऐन संशोधन गरेरमात्र आयोगमा पदाधिकारी नियुक्त गर्न मागसमेत गरेका छन् । सर्वोच्च अदालतले आयोगको ऐन संशोधनका लागि आदेश दिएको तर कार्यान्वयनमा नआएको भन्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितले सरकारलाई दबाब दिएका हुन् ।
कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईंले दण्डहीनताको अन्त्य नभएसम्म आन्दोलन र धर्ना जारी रहने चेतावनी दिए । कम्युनिष्ट सरकारले द्वन्द्वकालिन मुद्दालाई ढाकछोप गरेको उनको आरोप छ ।
ऐन संशोधनबिना आउने पदाधिकारीले द्वन्द्वको समाधान गर्न नसक्ने भन्दै उनले समस्याको समाधान चाँडो गर्न माग गरे । द्वन्द्वपीडित तथा अधिकारकर्मीहरुले हिजो पनि प्रदर्शन गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार