वातावरणीय अपराध रोकथामका लागि सचेतना तालिम
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १४:३३:२
११ भदौ, चितवन । अमेरिकी विकास सहयोग नियोग (युएसएड)को जलजङ्गल परियोजना (अमेरिकी जनता) को सहयोगमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी एक दिवसीय सचेतना तालिम सुरु गरिएको छ । मध्यवर्ती र सामुदायिक वनहरुमा तालिम सुरु गरिएको हो ।
इनोभेटिभ भिजन प्रालिले चितवन राष्ट्रिय निकुञ्जका सबै मध्यवर्ती सामुदायिक वनका र २४ सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई एक दिनका दरले यसै साताबाट तालिम दिन सुरु गरेको हो ।
तालिमको संयोजन गरिरहेका वातावरण पत्रकार कोमलचन्द्र भगतका अनुसार इनोभेटिभ भिजन प्रालिका वातावरणविद् डा. नानीमैया सुजखु, सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा. रविशर्मा अर्याल, केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख हेमन्त मल्ल र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका पूर्वमहानिर्देशक फणिन्द्रराज खरेलले तयार गर्नुभएको कार्यपत्रका आधारमा स्थानीय स्रोत व्यक्तिले प्रस्तुतीकरण गरेर तालिम दिएको छ ।
भगतका अनुसार एउटा कक्षामा ४० देखि ४५ जना सहभागी हुनेछन् । तीमध्ये आधा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । तालिम सेप्टेम्बर महिनाभित्रमा सम्पन्न गर्ने गरी भइरहेको भगतले जानकारी दिए । गएको आइतबार मृगकुञ्ज मध्यवर्ती सामुदायिक वनबाट तालिम सुरु भएको हो । चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान मृगकुञ्जका अध्यक्ष एवं तालिमका सहजकर्ता वसन्त रानाका अनुसार तालिमले ऐन कानुनका विषयमा समेत उपभोक्ताहरुलाई पूर्णरुपमा जानकारी गराएर संरक्षणमा टेवा पु¥याइने छ । यो तालिममार्फत देशभरका १० हजार जनालाई वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना जगाउने लक्ष्य लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार