१११ अंकले घटेर २७८२ अंकमा आइपुग्यो नेप्से, १८ अर्बको शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १५:२५:५
११ भदौ, काठमाडौं । मंगलबार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १९ अर्ब ७४ करोडको कारोबार भएको थियो । मंगलबार ३३० कम्पनिको कूल ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मूल्यमा खरिद बिक्री भएका छन् ।
त्यस्तै आज तारागाउँ रिजेन्सी होटल र डोल्टी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज नेपाल फाइनान्स लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ६५ करोड ४२ लाख ९ हजार ५८२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने अपिको सबैभन्दा बढी १४ लाख ५९ हजार ४५० कित्ता शेयर कारोबार भएको छ ।
बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटे । तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको ९.८, कर्णाली विकास बैंकको ९.४, विन नेपाल लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो ।
नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । रिडी पावरको ८.५, नेसनल हाइड्रोपावरको ७.६, शिवश्री हाइड्रोपावरको ७.४ तथा घलेम्दी हाइड्रोपावरको ७.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर, नेपाल फाइनान्स र निफ्रा क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार