रौतहट प्रहरीद्वारा करिब ६ लाखको अवैध सामानसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १६:४५:२९
११ भदौ, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटिएको गस्ती टोलीले करीब ६ लाख रुपैयाँको अवैध भारतीय सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतबाट भन्सार छली अवैध रुपमा मोटरसाइकलमा राखेर प्याज, आलु लगायतका सामानसहित प्रहरी गस्ती टोलीले तीन जना तस्करलाई पक्राउ गरेको हो ।
तस्करहरूबाट बरामद भएको सामान सवारी साधनसहितको कुल ५ लाख ९० हजार ४४४ रुपैयाँ मूल्याङ्कन गरी तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार