पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुग्यो
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १७:०:४४
११ भदौ, बागमती । मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्ण खोप लगाउने बालबालिकाको संख्या नौ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ८६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो संख्या वृद्धि भई ९५ प्रतिशत पुगेको कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । खोप लगाउने बालबालिकालाई लक्षित गरी ‘‘खोज र खोप” कार्यक्रम सञ्चालन गर्नु, स्वास्थ्यकर्मीको सक्रियता बढ्नु र अभिभावकसमेत खोपप्रति सचेत हुनु जस्ता कारणले पछिल्ला वर्षमा पूर्ण खोप लगाउने दरमा वृद्धि भइरहेको प्रमुख मिजारको भनाइ छ ।
तीव्र रुपमा बढेको सहरीकरण र त्यससँगै बाहिर जिल्लाबाट समेत मकवानपुरमा बसाइँसराइ गरी आउने क्रम बढेकाले पनि खोप लगाउने बालबालिकाको संख्या बढेको उनले बताए ।
जिल्लामा दारुरा रुबेला र जापनीज इन्सिफ्लाईटिस (जेरी)खोप लगाउने दरमासमेत विगत वर्षको तुलनामा केही सुधार भएको छ । आव २०८०/८१ मा शतप्रतिशत बालबालिकालाई जेरी र ९९ प्रतिशत बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै जन्मिएदेखि १५ महिनासम्म लगाइने बिसिजी खोप, पाँचथरी खोप लगाउने बालबालिकाको दरमा केही कमी आएको छ । सो कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा बिसिजी खोप लगाउने बालबालिकाको संख्या ९३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८१ प्रतिशतमा झरेको छ ।
यस्तै, पेन्टा लगायतका विभिन्न पाँच प्रकारको खोप रहेको पाँचथरी खोप लगाउने दर आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा शतप्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो झरेर ९३ प्रतिशतमा पुगेको प्रमुख मिजारले बताए ।
बाहिर जिल्लाबाट हेटौडा लगायत मकवानपुरका विभिन्न स्थानमा आउने जाने क्रम भइरहेको र शिशु जन्मिने दरसमेत घटेकाले ती खोप लगाउने दर केही घटेको उनको कथन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार