रुसद्वारा युक्रेनमा दोस्रो दिन पनि ठूलो आक्रमण
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १८:४७:५०
११ भदौ, काठमाडौं । रुसले युक्रेनमा ८१ साहेद लडाकु ड्रोन र १० वटा क्रुज र ब्यालेस्टिक मिसाइलले मंगलबार राति दुई दिनमा दोस्रो आक्रमण गरेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ ।
वायु रक्षाले १६ क्षेत्रमा ६० ड्रोन र पाँच क्रुज मिसाइल खसालेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय समयानुसार बिहान ९ बजेसम्ममा १० वटा लडाकु ड्रोन युक्रेनी हवाई क्षेत्रमा थिए ।
मध्य युक्रेनी सहर क्रिभी रिहस्थित एक होटलमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको र पाँच जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । क्षेत्रीय गभर्नर इभान फेदोरोभका अनुसार दक्षिणी सहर जापोरिज्जियामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पूर्वी खार्किभ क्षेत्रमा दुईवटा पूर्वाधार संरचनामा आक्रमण हुँदा ४१ वर्षीय व्यक्तिको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । किएभ सिटी सैन्य प्रशासनका अनुसार लगभग १५ ड्रोन र धेरै केएच–१०१ मिसाइलहरूले युक्रेनी राजधानीलाई निशाना बनाएको तर सबै हवाई लक्ष्यलाई रोकिएको थियो ।
सोमबार रुसले युक्रेनमा द्वन्द्व सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमा एक सय २७ मिसाइल र एक सय नौ लडाकू ड्रोन प्रहार गरेको थियो । युक्रेनको आपत्कालीन राज्य सेवाका अनुसार आक्रमणमा सात जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार