गौरा पर्वको सुरक्षामाथि प्रश्न उठेपछि काठमाडौं, ललितपुर र अनुसन्धानका प्रमुख परिवर्तन गरिँदै
नेपालबहस संवाददाता
भदौ १२, २०८१ बुधबार १०:५१:३२
१२ भदौ, काठमाडौं । टुँडिखेलमा आयोजित सांस्कृतिक गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही व्यक्तिले नाराबाजी गरेपछि काठमाडौंको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठाइएको छ । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओली विरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि सुरक्षा व्यवस्थाबारे प्रश्न उठाइएको हो ।
युवाहरूको विरोधपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति कार्यक्रममा छोटो मन्तव्य राखेर फर्किएपछि यो विषयमा काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुखकाे भूमिकामाथि प्रश्न उठाइएको थियो । साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयका जिम्मेवार अधिकारीहरूले पनि यो विषयमा गम्भीर समीक्षा गरेको स्रोतको दावी छ । अहिले उपत्यका कार्यालयमा कृष्णहरि शर्मा पोखरेल निमित्त प्रमुख रहेका छन् । एआईजी किरण बज्राचार्य कोरिया गएपछि चार दिन यता उपत्यका प्रहरी कार्यालयको प्रमुखमा डीआईजीकाे कमान्डमा रहेको छ ।
सोमबार युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेको थिएन । मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भयो । आयोजकले शान्ति कायम राख्ने प्रयास गरे पनि युवाहरूले खैलाबैला मच्चाए ।
यो देखेर प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’ त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि बोलेका देउवाले बोल्दा झनै नाराबाजी भयो । देउवा भने उनीहरूसँग रिसाएका थिए । यस्तो कहाँ सिकेको ? यही जानेको भन्दै देउवा रिसाएका थिए । यो विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले एकचरण प्रहरी प्रधान कार्यालयसँग जानकारी लिइसकेको बताइन्छ ।
सोमबार दिउँसो टुडिखेलमा यस्तो अवस्था आएपछि गृहमन्त्रालयमा समेत शान्ति सुरक्षाको विषयलाई लिएर गम्भीर छलफल भएको थियो । सरकारले काठमाडौं उपत्यकाको सुरक्षा र अपराध अनुसन्धान हेर्ने तीन मुख्य इकाईका प्रमुख फेर्ने तयारी गरिरहेको हल्लाका बीच मन्त्रालयमा समेत गम्भीर छलफल भएपछि काठमाडौं उपत्यका कार्यालयमा सबै प्रमुखलाई परिवर्तन गर्ने कि भन्ने छलफल चलेको स्रोतको दावी छ ।
गृह मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई काज सरुवा गर्ने गरी तयारी थालिएको छ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौर, ललितपुर प्रहरी प्रमुखमा तारादेवी थापा र अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी रमेशकुमार बस्नेतको काज सरुवा गर्ने गरी तयारी थालेको बेला काठमाडौको सुरक्षा व्यवस्थाले पनि त्यसलाई सहयोग गरेको बताइएको छ । हाल काठमाडौं प्रहरी प्रमुखमा वसन्त रजौरे, ललितपुरमा शेखर खनाल र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराई प्रमुख रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार