थप राजश्व उठाउन अर्थले द्वन्द्वका बेला बन्द भएका छोटी भन्सार खोल्नुपर्छ, गृहले साथ दिन्छः गृहमन्त्री
नेपालबहस संवाददाता
भदौ १२, २०८१ बुधबार १३:१८:५६
१२ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । बुधबार विहान अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरेका हुन् ।
‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृह मन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने, ‘त्यसका लागि मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी दल नेपालका महानिरीक्षकज्यूहरुसँग छलफल गरेर राजश्व कुनै हालतले पनि बढाउनुपर्छ । प्रत्येक महिनामा मलाई प्रगति विवरण दिनुहोला भनेको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।’
राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्धन्द्धमा बन्द भएका छोटी भन्सारहरु सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो । ‘भन्सार एकदक कम भए । मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्यो । त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुपर्यो । सशस्त्र द्धन्द्धको बेलामा हामीले साना भन्सारहरु ठूला भन्सारमा मिलायौं । तीनलाई यथास्थानमा स्थापित गरिदिऔं,’ उनले भने ।
जग्गा र भवन भएका छोटी भन्सार सञ्चालनमा ल्याउने विषयमा आजै निर्णय गरी जनशक्ति पठाउन गाह्रो नभएको गृहमन्त्री लेखकले बताए । ‘भन्सारको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ताने भैहाल्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार छैन भनेर नेपालमा छोटी भन्सार सञ्चालन गर्न नरोकौं । छोटी भन्सार हुँदा राजस्वमा वृद्धि हुन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।
गृहमन्त्री लेखकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला भन्न आग्रह गरे । यस्तै गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद प्रहरीले धेरै भार बोकेको भन्दै अर्थमन्त्री पौडेलका ध्यानाकषर्ण गराए ।
‘गृहमन्त्रालयमा आएपछि प्रहरी देखेर दया लागेको छ । शान्ति सुरक्षा, भीड नियन्त्रण, अपराधको अनुसन्धान, मुद्दा चलाउने, मान्छे थुन्ने, छाड्ने, राजस्व चुहावट नियन्त्रण गर्ने काम प्रहरीको हुन्छ । लोड धेरै छ । अत्यन्त सीमिति स्रोत साधनमा काम गरिराख्नु भएको छ । मैले माननीय अर्थमन्त्रीजीको यसमा ध्यानाकर्षण गराएँ ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत र चीनका लगानीकर्ताले चलाएका १० कम्पनीको २० करोड कर उठाउन राजश्वमा पत्राचार
माघ १४, २०८१ सोमबार
अर्थमन्त्री भन्छन्, लक्ष्यअनुसार राजश्व उठाउन मुस्किल
माघ १३, २०८१ आइतबार
वीरगञ्ज नाकाबाट हुने निर्यात बढ्यो, ६ महिनामा २९ अर्ब २७ करोडमाथिका बस्तु निकासी
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार