संसद बैठकमा एमाले र माओवादीको रत्यौली, सभामुखले दिएका आदेशको पनि अवज्ञा
नेपालबहस संवाददाता
भदौ १२, २०८१ बुधबार १४:५२:३६
१२ भदौ, काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र नेकपा नेकपा एमाले सांसदबीच चर्काचर्की भएका छ । दुबै पक्षका सांसदले सभामुखको आदेशको पनि अवज्ञा गरेका छन् ।
दुई दलका सांसदको भनाभनले संसद बैठक रत्यौली जस्तो देखिएको छ । सुरुमा समय लिएर बोलेका एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा सुरु भएको थियो ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादीले नियमापत्ति जनायो । भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ती भट्टराईले दिएका थिए ।
सापकोटाले मान्दैनौँ भनेपछि भट्टराईले ‘हाम्रो परिभाषा हो उहाँले नमाने पनि केही फरक पर्दैन’ भन्ने अभिव्यक्ति दिए । सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदले उठेर आपत्ति जनाएका थिए ।
जवाफमा भट्टराईले भने, ‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो । तपाईँको धम्कीले कोही डराउँदै न । धम्कीले कोही डराउँदैन हिंसा हो ।’ त्यसपश्चात् झन् माओवादीले कुरा उठाएपछि माओवादी सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई लत्याएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्दा माओवादीको सशस्त्र संघर्षलाई ‘राजनीतिक हिंसा’ भनेपछि सदनमा चर्काचर्की भयो । सांसद भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेको भन्दै माओवादी सांसदहरुले नियमापत्ति जनाएका थिए ।
माओवादी सांसदहरुले तत्कालै रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन’ दिए । त्यसपछि एमाले पनि सभामुखप्रति आक्रोशित बनेको थियो । राजनीतिक प्रतिवद्धतामा कसैको छानबिन हुँदैन । हाम्रो राजनीतिक प्रतिवद्धता हो । को हो छानबिन गर्ने ? मान्छे मार्नु, गोली ठोक्नु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो,आफ्ना धारणा टुंग्याउँदै भट्टराईले भने ।
सभामुखले पटक पटक दोहोरी नचलाउन अनुरोध गरे पनि दुवैपक्षबीच अहिले पनि चर्काचर्की भइरहेको छ । संसद बैठक अहिले अमर्यादित ढंगले चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार