मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कारबाट निलिमा पौडेल पुरस्कृत
आबिद हुसेन
भदौ १२, २०८१ बुधबार १७:११:५१
१२ भदौ, वीरगन्ज । नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल “मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कार“ बाट पुरस्कृत भएकी छन् ।
मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा रेडियो वीरगन्जमासमेत कार्यरत पत्रकार पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पौडेललाई नगद ११ हजार १ सय १ रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरे । झण्डै डेढ दशकदेखि रेडियो वीरगन्जमा कार्यरत पौडेल, नेपाल चलचित्र पत्रकार पर्साकी अध्यक्षपनि हुन् ।
मध्य नेपाल प्रालिकी सञ्चालक तथा मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काकाके अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव , पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महतो, डा। सुष्मा तिवारी लगायतकोपनि सहभागीता थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपआशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश
माघ १८, २०८१ शुक्रबार
प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान
माघ १८, २०८१ शुक्रबार
‘सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्’
माघ १७, २०८१ बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
माघ १९, २०८१ शनिबार