आर्थिक लेनदेनका कारण स्नुकर सञ्चालक बान्तवाको हत्या, पक्राउ परेका व्यक्ति मानसिक रोगी
नेपालबहस संवाददाता
भदौ १२, २०८१ बुधबार १७:१३:४१
१२ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलको दुई दिनअघि भएको स्नूकर सञ्चालकको हत्यामा छिमेकमा बस्ने युवा पक्राउ परेका छन् । शंखमुलस्थित ‘द टाइम पास स्नुकर’ का सञ्चालक रूपक बान्तवालाई लेनदेन र पूर्व रिसिबीको कारण उनले हत्या गरेको प्रहरीको भनाइ छ ।
स्नुकर भएको घरनजिक रहेको अर्को घरमा डेरा गरी बस्ने २२ वर्षीय एमके कुमारलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि पनि एमके कुमार डेरामा बसिरहेका थिए । एमके कुमारको साथबाट मृतक रुपक वाइबाको चेक, चश्मा, कपडा र हत्यामा प्रयोग गरिएको रड बरामद गरेको जनाइएको छ । बाराको सिम्रौनगढ नगरपालिका–७ घर भएका उनी काठमाडौँ–१० शंखमुल बस्ने आएका थिए ।
२२ वर्षीय एमके कुमारले मृतकसँग आफ्नो लेनदेन पनि भएको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रहरीसँग उनले भनेका छन्, ‘मेरो ४१ लाख लिनुपर्नेछ ।’ बिहान १ बजेर ५० मिनेटमा घटनाबारे प्रहरीले सूचना पाएको थियो । प्रहरी पुग्दा एक जना युवक घटनास्थलबाट भाग्दै थिए । भाग्दै गरेका सनिज खड्गीलाई पनि प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । बागबजार बस्दै आएका खड्गी घाइते छन् ।
घाइते अवस्थामा फेला परेका खड्गीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । तीन जना बसेर सँगै मदिरा खाएको र त्यसपछि पुरानो कुरा निकालेर एमके कुमारले हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
४१ वर्षीय रुपक आफ्नै घरको भुइँतलामा सञ्चालन गरेको स्नुकर हाउसको सोफामा धारिलो हतियार प्रहार भएको अवस्थामा मध्यरातमा मृत भेटिएका थिए । एमके कुमारको अवस्था हेर्दा उनी मानसिक रूपमा त्यति स्वस्थ्य नभएको देखिएको छ । उनले आफूलाई कालीको भक्त भएको बताउने गरेका छन् ।
उनले आफ्ना बुबा बैंकिङ कसुरमा हाल जेलमा रहेको र उनलाई फसाउन रुपकको परिवारको हात एमकेले बताएको प्रहरीको भनाइ छ । मृतक रुपक छोरा र आमासँग त्यहाँ बस्दै आएका थिए । उनकी श्रीमती विदेशमा भएको खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार