बजेट क्यालेन्डर अनुसार भएन, यसमा सांसदको पनि अपनत्व हुनुपर्छः सांसद गौतम
नेपालबहस संवाददाता
भदौ १२, २०८१ बुधबार १७:५५:२२
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले ल्याउने बजेटमा सांसदहरुले अपनत्न महशुस गर्न नपाएको बताएकी छन् । बजेटमा सीमित व्यक्तिको मात्र प्रतिनिधित्व भएकाले पारदर्शी रुपमा विनियाजन पनि नभएको उनको भनाइ छ ।
प्रभावकारी रूपमा विनियोजन नभएका कारण सांसदहरुले अपनत्व लिन नसेकेको उनले बताइन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसद गौतमले बजेट बनाउने प्रक्रिया र यसको कार्यान्वयनमा प्रत्येक पटक प्रश्न उठ्ने गरेको बताइन् ।
बजेटमा सांसदहरूले नै असहमति जनाउनुपर्ने परम्परा नै भइसकेो छ । यसमा सुधार गरिनुपर्छ । अहिले आएको यो विधेयकमा केही हदसम्म संशोधन गर्नुपर्ने देखिन्छ । बजेट प्रणालीको मुख्य कुरा बजेट क्यालेन्डर नै हो । बजेट क्यालेन्डर ठिक ठाउँबाट ठिक समयमा आयो भने त्यसले धेरै कुराहरूलाई समेट्नसक्छ । सबैले अपनत्व फिल गर्न सक्छन्, उनले भनिन् ।
वार्षिक बजेटमा जहिले पनि कर्मचारी तथा निश्चित व्यक्तिले लेखेको भन्ने आरोप लाग्ने गरेको र सांसदले अपनत्व लिन नपाएको अवस्थालाई परिवर्तन गर्नपर्ने उनको माग छ । कात्तिकबाट बजेट लेखन सुरू गर्नुपर्ने र राष्ट्रिय गौरवका आयोजनाहरूमा स्रोत सुनिश्चितता गरेर मात्र ठेक्का लगाउनुपर्ने उनको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार