वीरगञ्जको साझा औषधी पसलको बदमासी खरिद गरिएको स्लाइनभित्र भेटियो फोहोरसहितको लेदो
आबिद हुसेन
भदौ १२, २०८१ बिहिबार ०:१२:३२
१२ भदौ, काठमाडौं । वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल परिसरभित्र सञ्चालित साझा औषधी पसलले गुणस्तरहिन औषधी बिक्रि गरेको पाइएको छ। नारायणी अस्पतालको आईसीयू वार्डको दुई नम्बर बेडमा उपचार गराइरहेका बिरामी रमेश साह तुराहाले उक्त औषधी पसलबाट खरिद गरेको स्लाईन पानीभित्र फोहोरसहितको लेदो भेटिएको तथ्य बाहिरिएको हो।
बिरामीको स्वास्थ्यमा गम्भीर खेलवाड गर्दै अवैधानिक रुपमा सञ्चालित यो औषधी पसल पटकपटक विवादको विषय बनिरहेको छ। अस्पतालको हाताभित्र यस प्रकारका गुणस्तरहिन औषधीजन्य सामग्रीको बिक्रि वितरण गर्नु स्वास्थ्य सुरक्षा र बिरामीको जीवनप्रति गम्भीर खतराको संकेत हो।
स्वास्थ्य नियमावली अनुसार सरकारी अस्पतालको हाताभित्र कुनै पनि निजी वा साझेदारीमा औषधी पसल खोल्न नपाउने स्पष्ट प्रावधान हुँदाहुँदै पनि, यो पसलले नियमको उलंघन गर्दै गुणस्तरहिन औषधीजन्य सामग्रीको बिक्री जारी राखेको पाइएको छ।
साझा औषधी पसलले यसअघि पनि पटकपटक विवादमा आइरहेको इतिहास रहेको छ। यस घटनाले अस्पताल प्रशासन र सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्ने आवश्यकता औँल्याएको छ। यता नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।एनामुल हक सँग बुझदा यश विषयमा आफू छानबिन गर्ने र कारवाहीको लागि औषधी व्यवस्था विभागलाई पत्रचार गर्ने बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार