एकीकृत समाजवादीमा झाँक्री गुटबन्दीको शिकार, कस्तो बन्यो पदाधिकारी ?
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार ७:४१:५४
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउँदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरे पनि अन्ततः पदाधिकारीको चयन मतदानबाट गरिएको छ ।
यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरेपनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडि बढ्ला भन्ने प्रश्न उठेको छ । पार्टीमा प्रभावशाली मानिएकी युवा नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालकै सक्रियतामा उपाध्यक्षमा हराइएको छ ।
नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चीट नै बाँडेर भोट मागेका थिए । सो सूचीमा झाँक्रीको नाम थिएन । नेपालको राजनीतिमा युवा र प्रभावशाली नेतृको पहिचान बनाएकी झाँक्रीनै एकीकृत समाजवादीको पदाधिकारीमा नअटाउने अवस्था आउनुले अब यो पार्टी कता जाँदै छ भन्ने संकेतको रुपमा बुझ्नुपर्ने विश्लेषण शुरु भएको छ ।
मिडिया र सामाजिक सञ्जालमा अब झाँक्री एकीकृत समाजवादीमा रहनुको कुनै औचित्य नरहेको टिप्पणी भइरहेको छ । अझ धेरैले उनलाई एमालेमा फर्किन सुझाव समेत दिएका छन् । तर झाँक्री स्वयंले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
एकीकृत समाजवादीले जसरी आफ्नो महाधिवेशन गर्यो र अहिले जसरी पदाधिकारीको चयन गर्यो यसले उसको राजनीतिक भविष्यमा नै ठुलो प्रश्न उठाएको छ । सानो पार्टी अथवा राष्ट्रिय पार्टी समेत हुन नसकेको पार्टीमा यो तहको गुटबन्दीले पार्टीको अवस्था राम्रो नहुने संकेत गरेको छ । अझ अध्यक्ष स्वयंनै राष्ट्रिय स्तरको युवा नेतालाई पराजित गर्न र पार्टीको मुख्य धाराबाट बाहिर लैजान सक्रिय हुनुले अझ संसय पैदा भएको छ ।
योसँगै एकीकृत समाजवादीको पदाधिकारीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन् । त्यस्तै उपाध्यक्षहरू डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी र जयन्ती राई रहेका छन् ।
त्यस्तै महासचिव घनश्याम भुसाल, उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार