पर्यटन बोर्ड र एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १२:१६:२२
१३ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ ।
प्यासिफिक ट्रावल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीलाई अर्वाड हस्तान्तरण गएका थिए ।
परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड पदान गरिएको हो । परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर÷गाउँ पालिकाहरुसंगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो ।
परियोजनाले यस अघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो । एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो ।
परियोजनाले निरन्तर पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको मूल्याङ्कन स्वरुप अवार्ड प्राप्त भएको र यसले थपकार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले जानकारी दिइन् ।
परियोजनाले कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरहरुलाई अल्पकालिन रोजगारी सिर्जना तथा चार हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदान सहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकोले बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।
यो अवधीमा परियोजनाले महिलाहरुका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे«किङ्ग गाइड, तथा सातै प्रदेशका १५० पालिकाहरुका लागि पर्यटन रणनीति निर्माण , १३० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो पर्यटन क्लब गठन गरि पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटनसंग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुयलहरु निर्माण गरिएको परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार