मेरो प्रधानमन्त्री बन्ने हैसियत हैन, छैनः आरजु
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १२:१९:४८
१३ भदौ, धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूमा प्रधानमन्त्री बन्ने हैसियत नभएको बताएकी छन् । कांग्रेस पार्टीभित्र मेरो हैसियत के हो र कति छ भन्ने कुरा मैले बुझेकी छु, पार्टीबाट प्रधानमन्त्री बनेर आउने मेरो हैसियत होइन, अनावश्यक र अफवाह फैलाउने कुरा नगरौँ, उनले भनिन् ।
बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् । अब कांग्रेसबाट प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा नै बन्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै एक कार्यक्रममा महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएको विषय पत्रकारले उठाएका थिए । यसमा उनले आफूमा त्यो हैसियत नभएको बताइन् ।
आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा सभापतिकी पत्नी भन्लान, तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । म प्रधानमन्त्री बन्ने र भन्ने राम्रो कल्पना मात्र हो । प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन् । यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको उनको तर्क थियो ।
‘बाहिरबाट हेर्दा एउटा देखिएला तर पार्टीभित्र मेरो आफ्नै हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु,’ उनले भनिन्, ‘उहाँले एउटा यस्तो कुरा बताइदिनुभयो, जसले जनमानसमा एउटा कल्पना बनेको छ । तर त्यो मेरो लागि भन्नुभाजस्तो लाग्दैन ।’
प्रधानमन्त्रीको भनाइ उहाँकै पार्टीको कोही व्यक्तिप्रति लक्षित हुन सक्ने बताइन् । तर कांग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले बताइन् । ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार
कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनित
असोज १६, २०८१ बुधबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार