सर्वोच्चको आदेशविरुद्धको सरकारी निवेदनमा शुक्रबार सुनुवाइ हुने, दुवै पक्षलाई छलफलमा बोलाइयो
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १६:१:७
१३ भदौ, काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने कि नरहने भन्ने शुक्रबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशबारे शुक्रबार सुनुवाइ हुने भएको हो । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले दिएको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू डा. नहकुल सुवेदी र विनोद शर्माले दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश गरेका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश बदर गर्न माग गरिएको भ्याकेट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले शुक्रबार नै पेसी तोकेको हो । आजको आदेशमा भनिएको छ, ‘सबै रिट निवेदकहरु नेपाल प्रहरीका विभिन्न कार्यालय र पदहरुमा कार्यरत रहेको भन्नने देखिन आएकोले नेपाल प्रहरी महानिरीक्षक मार्फत आजै प्रस्तुत आदेशको जानकारी छिटो सञ्चारद्वारा सबै निवेदनहरुलाई गराई नियमानुसार पेश गर्नु ।’
यसअघि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जना र डीआईजी विष्णुकुमार केसीले छुट्टा छुट्टै रिट दायर गरेका थिए । उनीहरुको रिटमा सर्वोच्चले ३० वर्षे सेवा अवधिका कारण अवकास हुन भनि प्रहरी किताबखानाले दिएको पत्र तत्काल कार्यन्वयन नगर्न र काममा निरन्तरता दिन पेशी तोकिदिएको थियो । अब शुक्रबार रिट निवेदक र सरकार पक्षसँग छलफल गरेपछि ३० वर्षे कार्यान्वयन गर्ने या नगर्ने भन्नेबारे आदेश हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली प्रमाण पत्र पेश गरि नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्धा दायर
भदौ २४, २०८१ सोमबार
प्रहरी अधिकारीले दिएको उमेरहद सम्बन्धी रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
भदौ २०, २०८१ बिहिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार