विद्युत् अनियमितले मारमा उद्योगी
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १६:१८:१८
१३ भदौ, गलकोट । पछिल्लो दुई महिनायता बागलुङमा विद्युत् अनियमित भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले वितरण गर्दै आएको विद्युत् अनियमित हुँदा यहाँका उद्योगी मारमा परेका छन् ।
पछिल्लो दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्व सूचना नगरी विद्युत् कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन् । पर्वतको मोदीबाट सोझै बागलुङ नगरपालिका–१ रामरेखा स्थितको ३३–११ केभी क्षमताको सवस्टेशनमा ल्याइएको विद्युतमा पटक–पटक समस्या आउँदा विद्युत् कटौती भइरहेको छ ।
विद्युत् कटौतीले बागलुङभित्र रहेका पोलिक्निक, ल्याब, फर्निचर, ग्रिल उद्योग, घरेलु उद्योग, वेकरी, होटल, रेष्टुरेन्ट, अफसेट प्रेस, सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था लगायतलाई समस्या भएको हो ।
विद्युत् सेवा अनियमित हुँदा रातको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या भएको छ । बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामग्री बिग्रिने गरेका छन् । रामरेखा सवस्टेशनबाट वितरण भइरहेको तित्याङ–सिगानामा क्षमताअनुसारको विद्युत नपुग्दा त्यहाँका फर्निचर लगायत अन्य घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
फर्निचरलाई आवश्यक विद्युत् नै आपूर्ति नभएको र आपूर्ति भइरहेको विद्युत्समेत पटक–पटक कटौती हुँदा दुई महिनादेखि फर्निचर व्यवसाय नै धरासायी बन्न थालेको बागलुङ–८ सिगानाका फर्निचर व्यवसायी राज जिसीले बताए ।
“जिल्लाभरमै विद्युत् अनियमित हुँदा हामी जस्ता साना उद्योगीलाई समस्या भएको छ, अहिले रायडाँडा तर्फको प्रशारणलाईनमा तित्याङ र सिगानाको लाइन जोड्न नसक्दा फर्निचरका उपकरणनै चल्न छोडेरको छ”, जिसीले भने “विद्युत् कार्यालयले उचित पहलकदमी नलिँदा हामी जस्ता उद्योगी पयालय हुने अवस्था आएको छ, विद्युत् उत्पादन बढे पनि प्रशारण लाइनको क्षमता नबढ्दा उद्योगी तथा उपभोक्ता मारमा परेका छन् ।”
पछिल्लो समय बागलुङमा विद्युत् आउने जाने गर्दा विद्युतीय उपकरणसमेत बिग्रने समस्या आएको स्थानीय हरि लम्सालले बताए । विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । विद्युत् कटौतीले बिरामीले अनलाइनबाट पाउने सेवा प्रभावित भएको छ ।
बिरामीको सबै विवरण अनलाइनमा भएको र विद्युत् कटौतीले लामो समय कुर्नुपर्ने बाध्यता आइलागेको बागलुङका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । बागलुङमा पर्वतको मोदीबाट विद्युत् आपूर्ति हुने गरेको छ । लामो प्रशारणलाइन तथा बर्खामा पहिरो जाने, विद्युतीय पोलमा आउने समस्या जस्ता कारण बागलुङमा विद्युत् अनियमितरुपमा जाने गरेको छ ।
दाना–खुर्कोट सवस्टेशनको विद्युत् ल्याउन नसकिएको र बागलुङमा आएको मोदीको विद्युत्मा दिन प्रतिदिन समस्या आउने गरेको छ । दाना–खुर्कोट सवस्टेशनको विद्युत् बागलुङ ल्याउन ठेक्का भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङले खुर्कोट सवस्टेशनबाटसमेत विद्युत् ल्याउने र वैकल्पिक रुपमा मात्रै मोदीको विद्युत् प्रयोग गर्ने योजना बनाए पनि तत्कालै सम्भावन नभएको बागलुङ वितरण केन्द्रका इञ्जिनियर रमेश पौडेलले जानकारी दिए । विद्युत् कार्यालयले सामुदायिक वनका रुख काट्न नसक्दासमेत विद्युत् आपूर्तिमा समस्या भइरहेको बताए ।
बागलुङ र पर्वतको फलेवास क्षेत्रमा आउने लाइन एउटै भएका कारण पर्वतमा आउने समस्याले बागलुङ पनि प्रभावित हुने गरेको पौडेलको भनाइ छ । “पुरानो प्रशारण लाइनमा समस्या देखिएको छ, पर्वतमा समस्या आउँदासमेत बागलुङ पूरै अन्धकार हुन्छ, बागलुङको ¥याडाँडामा समस्या आउँदा अहिले बागलुङ बजारमा विद्युत् काट्नुपर्ने अवस्था छ”, इञ्जिनीयर पौडेलले भने, “रामरेखा सवस्टेशनको स्तरोन्नतीको काम भइरहेकाले समेत विद्युत् अनियमित भएको हो, आगमी दिनमा विद्युत् कटौती घट्छ, सवस्टेशन स्तरोन्नतीसँगै बागलुङ, गलकोट, कुश्मिसेरालगायतका क्षेत्रको छुट्टाछुट्टै प्रशारण लाइन बनाएपछि समस्या घटेर जानेछ ।”
विद्युत् आपूर्ति अनियमितले उद्योगी तथा व्यवसायीलाई लाखौँको क्षति भए पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेकोे उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । अहिले सामान्य झरी पर्दा र हावा चल्दासमेत दिनभर विद्युत् नआउने समस्या व्याप्त रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
भदौ २८, २०८१ शुक्रबार
‘एक घर, एक धारा’ अभियानअन्तर्गत चौसट्ठी परिवारलाई खानेपानी वितरण
भदौ २७, २०८१ बिहिबार
निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडिएपछि गाउँ उज्यालो
भदौ २४, २०८१ सोमबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार