बिहीबारको संसद बैठकमा कुन सांसदले के भने ?
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १६:२४:५८
१३ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । आजको बैठकमा सांसदहरुले चाडपर्व नजिकिएसँगै महँगी बढ्ने भन्दै बजार अनुगमन गर्न सरकारलाई सुझाव दिएका छन् ।
बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले दलित भूमिहीन सुकुम्वासीको मुहारमा खुसी आउन नसकेको बताए । मुलुकमा एक लाख ६० हजार भूमिहीन नागरिक छन्, भूिमहीन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउने कानुन बने पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन, उनले भने ।
सांसद अञ्जली श्रेष्ठले महिला हिंसाको घटना दिनप्रतिदिन बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिइन् । सांसद अनिसा नेपालीले बजेट ढिला निकासा हुँदा तोकिएका कार्यक्रम समयमा सम्पन्न गर्न नसकिने बताइन् । सांसद अनितादेवीले किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै कृषिजन्य वस्तुको बजार सुनिश्चित र बीमाको व्यवस्था हुनुपर्नेमा जोड दिइन् ।
सांसद अर्जुननरसिंह केसीले हवाई दुर्घटना रोक्नका लागि आवश्यक पहल थाल्नुपर्ने सुझाव दिए । सांसद अस्माकुमारी चौधरीले गुठी ऐन समयमा ल्याउनुपर्नेमा जोड दिइन् । सांसद ईश्वरबहादुर रिजालले नेपाली भूमिको संरक्षण हुनुपर्ने बताए ।
सांसद उदयशमशेर जबराले कान्ति लोकपथको चापागाउँ–सुनाकोठीको केही स्थानमा बाटो साघुँरो भएकाले गाडी आततजावत गर्दा जाम हुने समस्या रहेको भन्दै उक्त क्षेत्रका बासिन्दा क्षतिपूर्ति लिएर घर भत्काउन सहमत भएकाले मुआब्जा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए ।
सांसद उर्मिला माझीले सत्ता पक्षले परिस्थितिलाई विद्यमान समस्या दीकालीन रुपमा समाधान गर्दै लैजानुपर्नेमा जोड दिइन् । सांसद ईश्वरी घर्तीले मुमुलका कतिपय स्थानमा हैजा फैलिरहेको भन्दै जनचेतनामार्फत हैजा व्यवस्थापन गर्नुपर्ने सुझाव दिइन् । सांसद एकनाथ ढकालले सार्क शिखर सम्मेलन गरी सार्कलाई सक्रिय बनाउन नेपालमा सम्मेलन आयोजना गर्न सरकारले पहल थाल्नुपर्ने बताए ।
सांसद कान्तिका सेजुवालले लैङ्गिक समनाताका लागि समसामयिक बहस गर्न जरुरी रहेको बताइन् । सांसद कालुराम राईले सडकका खाल्टा पुर्न र सडक सुधार गर्न सरकारलाई सुझाव दिए । सांसद किरणकुमार साहले संविधान संशोधन गरी समयसापेक्ष बनाउँदै जानुपर्ने बताए ।
श्ून्य समयमा सांसद गणेश पराजुलीले महँगी व्यवस्थापन गरेर आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । सांसद गोमालाल सापकोटाले वायु प्रदूषण नियन्त्रण गरी नागरिकको स्वस्थ रहने हक सुनिह्चित गर्नुपर्नेमा जोड दिए । सांसद गंगा कार्कीले नजिकिँदै गरेको चाडपर्वमा बढ्दो बजार भाउ नियन्त्रण गर्नुपर्ने सुझाव दिइन् । सांसद गंगाप्रसाद यादवले भ्रष्टचाार निन्त्रयण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।
आजको बैठकमा सांसद गंगाराम चाौधरी, अम्मरबहादुर रायमाझी, डा चन्दा कार्की भण्डारी, डा चन्द्रकान्त भण्डारीले, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ डम्डुल लामा (भोटे), छिरिङल्हामु लामा, जावेदा खातुन जागा र जुली कुमारी महतो (महासेठ) ले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार