अझै सञ्चालनमा आएन रातोढुुङ्गा सबस्टेशन
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार ८:५२:३५
१४ भदौ, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३÷११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो ।
छ वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।
“हाल मिलनचोक सबस्टेशनका चारवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ”, उनले भने, “२० किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्ने थियो ।”
पोल गाड्ने, तार तान्ने, सबस्टेशनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएपछि गत मङ्सिर–पुसमा प्रसारण लाइनको परीक्षण पनि गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो ।
सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम २०८० को जेठमा चार वर्षपछि सुरु भएको थियो । निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुुइँटेलले छिट्टै नै प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।
मालिका गाउँ कार्यपालिकाका प्रवत्तासमेत रहेका रातोढुङ्गाका बासिन्दा अनुप गौचनले सबस्टेशन र प्रसारण लाइन निर्माणमा सहजीकरणका साथै प्रदेश, सङ्घीय जनप्रतिनिधिमार्फत सञ्चालनमा ल्याउन ताकेता गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
भदौ २८, २०८१ शुक्रबार
‘एक घर, एक धारा’ अभियानअन्तर्गत चौसट्ठी परिवारलाई खानेपानी वितरण
भदौ २७, २०८१ बिहिबार
निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडिएपछि गाउँ उज्यालो
भदौ २४, २०८१ सोमबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार