नयाँ स्वरुपमा युइएफए च्याम्पियन्स लिग, ड्र सार्वजनिक
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार ९:४९:४५
१४ भदौ, काठमाडौं । यस सिजनको युइएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । गएराति सम्पन्न ड्र मा लिग चरणमा क्लबहरुले आ–आफ्ना प्रतिद्वन्दी पाएका छन् । यस सिजनमा च्याम्पियन्स लिगको स्वरूपलाई परिवर्तन गरिएको छ । यस अघि ४/४ क्लबको समूह बनाएर प्रतिस्पर्धा गराइने गरेकोमा यस पटकदेखि भने सहभागी ३६ टिमले लिग चरणमा हरेकले ८/८ खेल खेल्ने गरि प्रतिद्वन्द्वी ड्र गरिएको छ ।
लिग चरणको खेलपछि शीर्ष ८ स्थानमा रहेका क्लब राउण्ड १६ मा प्रवेश गर्ने छन् भने नवौं स्थानदेखि २४ स्थानसम्मका क्लबले होम र अवे प्लेअफ खेल्ने छन् र प्लेअफमा विजयी हुने क्लब राउण्ड १६ मा पुग्ने छन् । त्यस्तै लिग चरणमा २५ औं स्थानदेखि पछाडि रहेका क्लबहरु युइएफएको यस सिजनका सबै प्रतियोगिताबाट बाहिरिने छन् ।
लिग चरणमा म्यानचेस्टर सिटीले पिएसजी इन्टर मिलान, युभेन्टसको सामना गर्ने भएको छ भने लिभरपुलले रियल म्याड्रिड, एसी मिलान जस्ता क्लबको सामना गर्ने भएको छ । त्यस्तै रियल म्याड्रिडले डोर्टमण्ड, लिभरपुल, एसी मिलान, एटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ भने बार्सिलोनाले बायर्न म्युनिख, डोर्टमण्ड, एटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ ।
त्यस्तै पिएसजीले बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, आर्सनल जस्ता प्रतिद्वन्दी पाएको छ । यस पटकको च्याम्पियन्स लिगको ड्र क्रिस्टियानो रोनाल्डो र गियानलुइगी बुफोनले गरेका थिए । यस ड्र समारोहमा युइएफएले रोनाल्डोलाई अहिलेसम्म च्याम्पियन्स लिगमा कीर्तिमानी १४० गोल गरेको भन्दै विशेष अवार्डले सम्मानित समेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
सिचुवानको जहाज र उराठिलो माछापुछ्रे
पुष १३, २०८१ शनिबार
टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै
पुष १३, २०८१ शनिबार
राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति
पुष १३, २०८१ शनिबार
हुम्लामा तेस्रो पटक हिमपात
पुष १३, २०८१ शनिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार