क्यानको केन्द्रीय कार्यसमितिको बैठकले के के निर्णय गर्यो ?
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १०:३७:२२
१४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा ८ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्ने निर्णय गरको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको एनपीएलमा सहभागी टोली बारे निर्णय गरेको हो । क्यानले १० दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोलीको संख्या बारे जानकारी दिएको थिएन ।
क्यानले आव्हान गरेको फ्रेन्चाईजी आवेदनमा १६ जनाले आवेदन दिएको र केही दिनमा नै क्यानले फ्रेन्चाइजी टिमको टुंगो लगाउने तयारी गरेको छ ।
क्यानको बैठकले अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी- २० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै मुख्य प्रशिक्षक मोन्टी देशाईसहितलाई जनही ३ लाख र प्रशिक्षण टिमका अन्य सदस्यलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
त्यस्तै क्यानले सातवटै प्रदेश क्रिकेट संघहरूलाई २ महिला र ३ पुरुष गरी प्रति प्रदेश ५ खेलाडीलाई सेप्टेम्बर १ देखि लागू हुने गरी वार्षिक जनही १५ हजारको दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि प्रदेशले नै खेलाडीसँग सम्झौता गरी केन्द्रबाट पारिश्रमिक निकासा लिनेछ । ७ प्रदेशका कुल ३५ खेलाडी यस सम्झौतामा पर्नेछन् ।
त्यसैगरी क्यानले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको संयोजकत्वमा राष्ट्रिय छनोट समिति गठन गरेको छ । छनोट समितिका लागि क्यानले आवेदन मागेको थियो । क्यानले समितिका अन्य दुई सदस्यमा युनिल श्रेष्ठ र मुर्तुजा हवारीलाई चयन गरेको छ ।
त्यस्तै यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर–अक्टोबरमा कोशी प्रदेशमा गर्ने निर्णय गरेको छ । नेपालले अप्रिल १२ देखि २१ सम्म आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट छनोट आयोजना गर्दै छ । नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि घरेलु प्रतियोगिता नेपालको छनोट आधार हुनेछ ।
त्यस्तै, आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको तयारीस्वरूप सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गरिने क्यानले निर्णय गरेको छ ।
क्यानको वार्षिक कार्यक्रमअनुसार सञ्चालन गर्ने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबरको अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै क्यानले आफ्नो वार्षिक साधारणसभा असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने भएको छ ।
त्यसैगरी क्यानले स्पट फिक्सिङका आरोपमा निलम्बित आदिल आलमको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनअनुसार निर्णय गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार