फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार ११:५:१०

१४ भदौ, काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ ।
त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको संकेत गरिरहेको छ ।
प्रकाश र विजयको खुसीले उनीहरू एकै घरका सदस्य हुन् भनेर अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी दिएको छैन ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् ।
यो फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।
शिवराम श्रेष्ठ छायाँकार रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यस्तै, फिल्ममा सुरेन्द्र पौडेको सम्पादन, सुप्रीम पराजुलीको कलर, उत्तम न्यौपानेको साउण्ड मिक्सीङ, दिनेश बहादुर रावतको सह निर्देशन, रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर, विजय वस्यालको पोस्टर डिजाइन रहेको छ ।
कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुने यो फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले नै विश्वभर प्रदर्शन गराउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र लाज शरणममाथि किन लगाइयो बन्देज ?
फागुन ७, २०८१ बुधबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः यी क्षेत्रमा वर्षा र हिमपात हुने
फागुन ९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ९, २०८१ शुक्रबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्
फागुन ९, २०८१ शुक्रबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः यी क्षेत्रमा वर्षा र हिमपात हुने
फागुन ९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ९, २०८१ शुक्रबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्
फागुन ९, २०८१ शुक्रबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः यी क्षेत्रमा वर्षा र हिमपात हुने
फागुन ९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ९, २०८१ शुक्रबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार